समाज

सुदूरपूर्वका राई सुदूरपश्चिममा सम्मानित



धनगढी: सुदूरपर्व धरानका भीमज्वाला राईलाई सुदूरपश्चिम धनगढीमा सम्मान गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईलाई गतिशील नेताका रुपमा बुधबार धनगढीमा सम्मान गरिएको हो ।
श्रम आन्दोलनका गतिशील ज्वाला मजदुर आन्दोलनसंगै पत्रकारिता, साहित्य र सामाजिक विभेद र असहायहरुको सेवामा समर्पित रहेको भन्दै सम्मान गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट इकाई धनगढीको दोस्रो अधिवेशनको अवसरमा सम्मान गरिएको हो । राईलाई नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका एसएसपी तथा कार्यक्रमका विशिष्ठ अतिथि प्रकाश मल्लले सम्मान गर्नुभएको हो ।
सो अवसरमा राई सहित जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ललाई कुशल संगठन सम्मान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश संयोजक टेकराज जोशीलाई दूरदर्शी व्यवसायी नेतृत्व सम्मान र सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटालाई संरक्षक सम्मानबाट विभूषित गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

अधिवेशनले भानदेव पनेरुको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्ष कृष्ण खड्का, सचिव गणेश खत्री, सहसचिव तेजबहादुर थारु, कोषाध्यक्ष गोविन्द खत्री चयन हुनुभएकोछ ।
त्यस्तै सदस्यहरुमा राजु खत्री, चक्र चौधरी, पुष्पराज ओझा, भागीराम राना, अजव चौधरी र दिपक बस्याल सर्वसम्मत चयन हुनुभएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले