
धरान: पछिल्लो समय पत्रकारिता क्षेत्र संकटमा पर्दै गएको सञ्चारकर्मीहरुले धारणा राखेका छन् । नेपाल प्रेस युनियनको ३४ औ स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरि पश्चात कोणसभालाई सम्बोधन गर्ने सञ्चारर्कीहरुले यस्तो धारणा राखेका हुन् ।
नेपाल प्रेस युनियन सुनसरीको आयोजनामा इटहरीमा भएको प्रभातफेरि पश्चात बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष एवम् अग्रज पत्रकार हर्ष सुब्बाले पत्रकारितामा लागेकाहरुले वैकल्पिक पेशा नअपानएसम्म बाच्नै नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । पत्रकारिताको ट्रेन परिवर्तन हुदै जाँदा छापा माध्यम बन्द हुने अवस्थामा पुगेको, सञ्चारकर्मीहरुले हातमुख जोड्न नै धौ धौ हुने गरेको लगायतका समस्यासँग जुध्नका लागि सबै सञ्चारकर्मी एक जुट हुनुपर्ने आवश्यता रहेको बताउनुभयो ।
यस्तै प्रेस सेंन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्कीले संकटको घडीमा जो जुन संगठनमा आवद्ध भएपनि सबै सञ्चारकर्मी एक जुट भएर जानुपर्नेमा जोड दिनुभयो ।
यसैगरि प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष सुमन पुरीले प्रेस युनियनको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै जटिल अवस्थामा सञ्चारकर्मीहरु जहिल्यै एक ठाउँमा उभिने पम्परालाई निरन्तता दिनुपर्नेमा जोड दिनुभयो ।
प्रेस सेन्टर सुनसरीका सभापति धुव्र ढाकालको अध्यक्षतामा सम्पन्न प्रभातफेरि फेरि कार्यक्रम इटहरीको परिक्रममापछि इटहरी नगरपालिका अगाडि आएर कोणसभामा परिणत भएको थियो ।