राजनिती

गगन कुमार थापा जेष्ठ १४ गते धरान आउने

धरान : नेपाली काँग्रेस धरान उपमहानगर समितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा महामन्त्री गगन कुमार थापा आउने भएका छन् ।

धरान १७ स्थित साकेला पार्कमा हुन लागेको कार्यक्रममा महामन्त्री थापा लगायत अन्य नेताहरूले सहभागिता जनाउने भएका हुन् । 

पछिल्लो समय वडा स्तरदेखि नै सक्रिय रहँदै आएको धरान काँग्रेसले केन्द्रीय नेतृत्वको उपस्थितिमा बारम्बार कार्यक्रम गरिरहेको छ । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनमा विजयी भएका विद्यार्थीलाई सम्मान गर्न लागिएको हो । विभिन्न पाँच वटा कार्यक्रम एकै पटक गर्न लागेको नगर समितिले रक्तदान कार्यक्रमलाई समेत समेटेको छ । 

अग्रजलाई सम्मान युवालाई अवसर भन्ने नीतिका साथ लामो समयदेखि लोकतन्त्र र नेपाली काँग्रेसको अभियानमा योगदान पुर्‍याएका अग्रज नेताहरूलाई समेत सम्मान गर्न लागिएको कार्यक्रम संयोजक प्रवीण राईले बताए । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको र बिहान ८ बजेदेखि नै कार्यक्रम सुरुवात हुने उनको भनाइ छ । 

नगर सम्मेलनमा साङ्गठनिक र राजनीतिक प्रतिवेदन पेस हुने र बन्द सत्रमा त्यस उपर छलफल हुने भएको छ ।

सम्मेलनमा काँग्रेसको आगामी रणनीति र स्थानीय तहको निर्वाचनको पूर्व तयारीका विषयमा समेत बहस हुन लागेको हो ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद