शिक्षा

हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्तरगत हरेक हप्ता सामाजिक कार्य


धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले हरेक हप्ता सामाजिक कार्य गर्ने भएको छ ।
स्कुलले यस वर्षदेखि संचालन गर्न लागेको पुस्तक रहित कक्षा संचालन गर्ने कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गर्न लागेको हो ।
स्कुलले दिएको जानकारी अनुसार हरेक शुक्रवार सामाजिक कार्य गरीनेछ । विद्यार्थीहरुलाई समाज के हो ? सामाजिक कार्य के लाई भनिन्छ भन्ने कुराको व्यवहारीक ज्ञान दिनको लागि यस्ता कार्यक्रमहरु शुरु गरीएको स्कुलका प्रवन्धक निर्देशक गंगाराम राईले बताउनु भयो ।
राईका अनुसार हरेक शुक्रवार स्कुलले सरसफाई, बालबालकिालाई सिर्जनात्मक सिकाइअन्तर्गत हाजिरी जवाफ, बाक्य निर्माण, स्काउट तालिम लगायतका क्रियाकलाप गराइने छ ।
विद्यार्थीहरुलाई विभिन्न जाति र समुदायको संस्कृती र सम्पदा सम्वन्धि समेत जानकारी दिइनेछ ।
पुस्तक रहित कार्यक्रमबाट विद्यार्थीहरू परिपक्व र आत्मविश्वास साथ आफूले सिकेको सीपलाई व्यवहारमा लागू गर्न सक्ने क्षमता विकास हुने निर्देशक राईको भनाई रहेको छ ।
पुस्तक रहित शुक्रवार अन्तर्गत असल चरित्र र नेतृत्व विकास,उद्यमशीलता, विपद् व्यवस्थापनमा सम्वन्धित सरोकारवाला निकायसंग कसरी मिलेर काम गर्ने भन्ने लगायतका विषयमा विद्यार्थीहरुलाई व्यहारीक र अभ्यासरत ढंगले सिकाइने स्कुलको भनाई रहेको छ ।
यसका अतिरिक्त योग अभ्यास, सामाजकि सेवा र नेतृत्व विकास, सम्वन्धि समूहमा अभ्यास समेत गराइने तयारी रहेको स्कुलले जनाएको छ ।
यो कार्यक्रमबाट उनीहरु जीवन जीउनका लागी चाहिने व्यवहारीक ज्ञान सिप सिक्नेछन् । यसबाट सामूहिक रुपमा कसरी समस्या समाधान गर्न सकिन्छ र आफूसँग सम्बन्धीत समस्या आफैँ एक्लै कसरी समाधान गर्न सकन्छि, अरूको सहयोग लिनु पर्दा कसको कसरी सहयोग लिनुपर्छ भन्ने ज्ञान समेत हासिल गर्ने निर्देशक राईको भनाई रहेको छ ।
पुस्तकरहति शुक्रबारका क्रियाकलापले बालमैत्री सिकाईका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजानो पनि स्कुलको लक्ष्य रहेको निर्देशक राईले बताए । ज्ञान, सिप र सकारात्मक सोच विकासको नतिजा किताबका पानामा होइन, सिकारुको रुचिमा निर्भर हुनेछ ।
आफ्नो हिँड्ने बाटो, परिवार र समाजप्रतकिो दायित्व अवलम्बनका कुरा निर्धक्क बोल्न सक्नु ठुलो उपलब्धि भएको स्कुलको भनाई रहेको छ ।
यो कार्यक्रम एकीकृत सिकाई’,सिर्जनात्मक सिकाइ’, शिक्षामा सिप’ सिकाई उपलव्धि प्रविधि कार्यक्रमको नतिजा हो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई