राजनिती

किरात र लिम्बुवान मोर्चाको सम्मेलनमा माओवादी अध्यक्षसहित नेताको सहभागिता हुने


धरान: यही वैसाख २६ गते हुने नेकपा माओवादी केन्द्रमा आवद्ध किरात र लिम्बुवान मोर्चाको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्प कमलदाहालसहित अन्य दिग्गज नेताहरुको सहभागिता रहने जनाइएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै किरात र लिम्बुवान मोर्चामा आवद्ध नेताहरुले बताएका हुन् । सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रमुख अतिथिको रुपमा सहभागिता जनाउने हुनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड किरात र लिम्बुवान मोर्चाको वैशाख २६ गते हुने संयुक्त राष्ट्रिय सम्मेलनमा धरान आउने भएका छन् । सम्मेलनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, आदिवासी जनजाति संयुक्त मोर्चाका इन्चार्ज ओनसरी घर्तिमगर, संघीय संयोजक सुरेश आले मगर, नेताहरू सुरेशकुमार राई हिमाल, दुर्गा राई उपस्थिति लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्साहाङ मेन्याङ्बाले जानकारी दिनुभयो ।
किराती राष्ट्रिय मोर्चाका अध्यक्ष उपाध्यक्ष अशोक राईले किरात र लिम्बुवान मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन धरानको भानुचोकमा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन एकै साथ हुने भएको हो । उहाँका अनुसार लिम्बुवान मोर्चाको सातौ र लिम्बुवान मोर्चाको सातौ सम्मेलन संयुक्त रुपमा आयोजना गर्न लागिएको हो ।
लिम्बुवान मोर्चाका अध्यक्ष मुक्सहाङ मेन्याङबोेले सम्मेलनको उद्घाटन संयुक्त रुपमा गरिने भएपनि बन्दसत्र भने बेग्लाबेग्लै हुने जानकारी दिनुभयो ।

सम्मेननमा २० हजार भन्दा बढी किराँती र लिम्बुवान मोर्चाका प्रतिनिधि सहित पर्यवेक्षकहरुको सहभागिता हुने जनाएका छन । नेकपा माओवादी केन्द्रल् कोशी प्रदेशको समर्थनमा हस्ताक्षर गरेको भएपनि भातृ संगठन किराती मोर्चा र लिम्बुवान मोर्चाले भने कोशी प्रदेशको नामांकनको फेरबदलका विषयलाई उठान गरेर लाने समेत सम्मेलनमा जानकारी गराइएको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद