खेलकुद

नेपालमा नै पहिलो आइवा धरान फाइट नाइट धरानमा संपन्न


धरान वक्सिङ संघको आयोजनामा नेपालमै पहिलो पल्ट शुक्रवार धरानमा राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला पुरुष धरान फाइट नाइट २०२५ भव्य रुपमा संपन्न भएको छ ।

धरान फाइट नाइटमा ४ वटा प्रो. फाइट वक्सिङ भएको थियो भने एमेचर तर्फ ५ वटा एमेचर फाइट भएको थियो । प्रो. फाइटमा प्mलाइ वेट ५१ केजि तौलमा झापाका फुङलाङ काम्वाङ, फेदर वेट ५७ केजिमा एविसि धरानका सिंहविर लिम्वु, लाइट वेट ६० केजिमा सिएचजि काठमाण्डौका सुलभ मालि र लाइट वेट ६३.५ केजि फाइटमा त्रिभुवन आर्मी क्लवका सम्राट मर्हजनले गोल्ड मेडल जितेका छन । फुङलाङले नक्साल काठमाण्डौका आयुसलाई ५ – ० अंकले युननिमसको आधारमा,  सिंहविर लिम्वुले त्रिभुवन आर्मी क्लवका पुरन सुनुवारलाई ३ – १ अंकले स्पिलिटमको आधारमा, सुलभ मालिले तेह्रथुमका अनिस भुजेलाई आरएससि ( रेफ्रि स्टप कन्टेस्ट ) को अधारमा पहिलो राउण्डमै पराजित गरेका थिए भने, अन्तिम प्रो. फाइटमा सम्राट महर्जनले धरानका दिपल राईलाई ५ – ० युनिनमस आधारमा  पराजित गर्दै गोल्ड मेडल जितेका हुन । प्रो. फाइटका विजेताले नगद रु. ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद रु. २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ ।

यसैगरि एमेचर तर्फ महिला तर्फ ४८ केजि तौलमा उदयपुरकी दिविका राई र नक्साल काठमाण्डौकी दिव्य चेम्जोङ लिम्वु विच पहिलो फाइट भएको थियो । खेलमा नक्सालकी दिव्याले दिविकालाई तेस्रो राउण्डमै आरएससि आधारमा पराजित गर्दै गोल्ड मेडल जितिन । ५८ केजि तौलमा भएको दोस्रो एमेचर फाइटमा धरानका नवाङ राईले उदयपुरका अभिसेक वस्नेतलाई ५–० अंकले युनिनमस आधारमा पराजित गर्दै गोल्ड मेडल हात पारे । ५६ केजि तौलमा भएको प्रदर्शन खेलमा धरानका सम्राट लिम्वुले धरानकै शिखर राईलाई ५–० अंकले युनिनमस आधारमा पराजित गरे । ५७ केजि तौलमा धनकुटाका मनिष पराजुलिले धरानका राजन राईलाई ४–१ अंकले पराजित गर्दै गोल्ड हात पारे भने एमेचर तर्फको अन्तिम ६० केजि तौलमा काठमाण्डौका निकेश गुरुङले धरानका असिम लिम्वुलाई ५–० युनिनमसको आधारमा पराजित गर्दै गोल्ड मेडल हासिल गरे ।
विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान वक्सिङका अध्यक्ष दिपक राई, वरिष्ठ खेलाडि ओलम्पियन नरेन्द्र पोमो, वरिष्ठ प्रशिक्षक किशोर सम्वाहाम्फे, नेपाल वक्सिङ महासंघका केन्दिय सचिव देवेन्द्र लिम्वु, धरान वक्सिङका सचिव महेस आले लगायतले पुरस्कार वितरण गरेका थिए । आइवा प्रो वक्सिङ फाइट नेपालमा पहिलो पटक धरानमा संपन्न भएको हो । धरान उपमहानगरपालिका मेयर हर्कराज राईको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा फाइट संगै आउटसाइर्डस व्याण्डले लाइभ प्रस्तुति र धरानका डान्स सेन्टरका कलाकारहरुको नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

 

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक