
वराहक्षेत्र नगरपालिकाले होटल तथा होमस्टे सञ्चालकहरु लाई हस्पिटालिटी व्यवस्थापन सम्बन्धि तालिमको आयोजना गरेको छ । पर्यकीय क्षेत्रमा रहेका होटल , होमस्टे र नगरपालिकाका मुख्य बजारमा रहेका होटल व्यवसायीहरुलाइ सहभागी गराएर उक्त होटल तथा होमस्टे हस्पिटालिटी व्यवस्थापन तालिम आयोजना गरेको हो ।
चतरा स्थित चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाको सभाहलमा बुधवारदेखि सुरु तालिम शुक्रवारसम्म तिन दिनसम्म सञ्चालन भएको थियो । तालिममा सहभागि होटल तथा होमस्टे सञ्चालकहरुलाई नगर प्रमुख रमेश कार्कीले सहभागिताको प्रमाण पत्र प्रदान गरेका थिए ।
तालिमको समापन्न कार्यक्रममा सहभागी होटल तथा होमस्टे सञ्चालकहरुले नगर प्रमुख रमेश कार्कीको रोहवरमा सात बुँदे प्रतिबद्बता पत्रमा हस्तान्तरण समेत गरेका छन् ।
होटल तथा होमस्टे सञ्चालकहरुले वैधानिकताः प्रचलित नियम कानुन अनुसार सम्बन्धित निकायहरुमा व्यवसाय दर्ता गर्ने र नियमित रुपमा नविकरण गर्न साथै कुनै अवैध क्रियाकलापलाई समर्थन नगर्ने, गुणस्तरीय सेवाः आगन्तुक तथा ग्राहकलाई उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्न त्यस्तै सफा र सुरक्षित वातावरणः सरसफाइ, स्वच्छता, तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्ने। सडक पेटिमा छेउमा खाध्य पदार्थ राखे, पकाउने काम नगर्ने र त्यस्तो कार्य गर्ने लाई पहिलो पटक हामी आफै सचेत गराउने नमानेमा सामाजिक बहिष्करण गरि सम्बन्धित निकायमा उजुरि गर्ने , स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनः स्थानीय परम्परा, खानपान तथा संस्कृतिको सम्मान गर्दै पर्यटकलाई प्रवर्द्धन गर्ने साथै होमस्टे व्यवसायीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने र होटल व्यवसायीले समेत सकेसम्म अनुकरण गर्ने त्यस्तै न्यायोचित मूल्यः ग्राहकलाई उचित मूल्यमा सेवा उपलब्ध गराउने। आगन्तुकहरूको सुझावलाई ध्यानमा राखी निरन्तर सेवा सुधार गर्ने , पर्यावरण संरक्षणः वातावरणमैत्री उपायहरू अवलम्बन गरी दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने र सामुहिक भावनाः हामि सबै व्यावसायी बिचमा स्वस्थ प्रतिस्पर्धा गरि सहयोगि भावनाको बिकास गर्ने भनि प्रतिबद्बता व्यक्त गरेका थिए ।
समापन्न कार्यक्रममा वडा नं १ का अध्यक्ष किसान थापामगर , वडा नं २ का वडा सदस्य चुनु श्रेष्ठ , शिर्जना परियार , आर्थिक बिकाश शाखका प्रमुख मात्रिका तिवारी , उद्योग बाणिज्य चतराका अध्यक्ष कृष्ण कट्टेल , आदर्श माबिका पुर्व प्रध्यानाध्यापक ज्ञानबहादुर पाण्डे , लगायत उद्योग बाणिज्य चतराका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
नगरपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार
वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखामार्फत सुरु भएको तालिममा ७० जना भन्दा बढि होटल र होमस्टे सञ्चालकहरुको सहभागिता रहेको थियो ।
तालिममा होटल तथा होमस्टे हस्पिटालिटी व्यवस्थापन , सञ्चालन , सरसफाई , किचन , अतिथि सस्कार , सुबिधा लगायतको बिषयमा शिक्षा प्रदान गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मात्रिका तिवारीले बताए ।