खेलकुद

९ औँ हराईजन बास्केटबल: आज भएको प्रतियोगितामा मोरङ र विशाल मिलन केन्द्र विजयी

धरान: हराईजन क्लब धरान १७ को आयोजनामा हराईजन बास्केटब बल अन्तर्गतको आइतबार भएको दोस्रो दिनको खेलमा मोरङ र विशाल मिलन केन्द्र काठमाण्डौ विजयी बनेका छन् ।
धरान १७ स्थित श्री माध्यमिक विद्यालयको बास्केट बल कोर्टमा आयोजित प्रतियोगितामा मोरङले झापालार्ई ८३–७१ स्कोर र विशाल मिलन केन्द्र काठमाडाले धरान (हरियो)लाई ७८–६३ स्कोर अन्तरले हराउदै विजयी बनेक हुन ।
पहिलो खेलकोे म्यान अफ दि म्याच मोरङका मनिष तामाङ र दोस्रो खेलको म्यान अफ द म्याच धरान हरियोका समिर राई घोषित हुदै नगद ५/५ हजार र प्रमाणपत्र हात पारे ।
प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा मा मोरङले २५–२०–२०–१८ स्कोर ल्याएको थियो भने झापाले ८–१९–११–३३ स्कोरमात्र जोड्न सफल भएको थियो । यस्तै दोस्रो खेलमा विशाल मिलन केन्द्रले १४–२४–२६–१४ र धरान हरियोले १०–१६–१२–२५ स्कोर जोडेको थियो ।
चैत्र १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टिम बिच २ समूहमा लिग प्रणालीमा प्रतिस्पर्धा हुने खेलमा २ समूह विजेता फाइनल खेल हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी, विशाल मिलन केन्द्र काठमाडौँ, हाउण्ड बास्केटबल, मोरङ बास्केटबल संघ, झापा बास्केटबल संघ, धरान हरियो र धरान कालो गरी ६ वटा टिमले प्रतिष्पर्धामा भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक