कृषि

साना किसान कृषि सहकारिद्धारा कृषकलाई कृषि सामाग्री हस्तान्तरण


धरान: साना किसान कृषि सहकारि संस्था लि.धरानले कृषकहरुलाई कृषि सामाग्रि हस्तान्तरण गरेको छ ।
सहकारीले कृषकहरुलाई कृषि कार्यका लागि आवश्यक पर्ने स्प्रे टंकि र मिनि पावर टिलर वितरण गरेको हो ।
कृषि उत्पादनमा कृषि औजारको सहयोगले कृषि व्यवशायलाई थप नयाँ उचाईमा पुग्ने धरानका उपप्रमुख अइन्द्र विक्रम वेघाले बताए ।
साना किसान कृषि सहकारिबाट संचालन गरेका कार्यक्रमहरुले शेयर सदस्यहरुलाई ठूलो मद्धत पुगेको बताए । कुनै पनि विपतमा सधै साना किसान आफ्ना सदस्यहरुको एक अभिभावक, एक दरिलो खम्वा वा ढालको रुपमा उभिरहेको महसुस गरेको बताए ।
धरान उपमहानगरपालिका वडा नं. ४,५ र ६ वडाका कृषक शेयर सदस्यहरुलाई स्प्रे टंकि र मिनि टिलर वितरण गरेको संस्थाका व्यवस्थापक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
साना किसान कृषि सहकारि संस्था लि धरानले गत वर्ष पनि सदस्यहरुलाई कुटि काट्ने चाफ कटर र स्प्रे टंकि वितरण गरेको थियो । वर्षेनि संस्थाले आफ्नै श्रोतमा उच्च गुणस्तरिय कृषि सामाग्रि किसानहरुलाई लागत साझेदारिमा वितरण गरिरहेको श्रेष्ठ भनाई रहेको छ ।
संस्थाले तालिम तथा प्राविधिक सेवा,जोखिम व्यवस्थापन साथै लागत साझेदारिमा कृषि औजार हस्तान्तरण सेवा तथा विउविजन उपलव्ध गराउदै आईरहेको संस्थाका प्रवन्धक विष्णु कुमार श्रेष्ठ जानकारी दिए ।
संस्थाले सहुलियत दरमा कर्जा लगानि गरि किसानहरुले उत्पादन गरेको कृषि उपजहरुको वजारिकरण समेत गर्न थालेको थप जानकारी दिएकाछन् ।
संस्थाका अध्यक्ष शिला राईको अध्यक्षतामा भएको सो कार्यक्रममा धरान उपमहानगरपालिका उप प्रमुख अईन्द्र विक्रम बेघा प्रमुख अतिथि रहेका थिए ।

छुटाउनुभयो कि ?

कृषि

गाँउमा उत्पादित शुद्व कृषि सामाग्री उपलब्ध गराउदै धरान – १ मा रहेको “रैथाने स्टोर”

धरान: स्थानीय स्तरमै उत्पादन भएका कृषि सामाग्री लगायत अन्य सामाग्रीको प्रवद्वन गर्ने उद्देश्यले सञ्चालन गरिएको धरान – १ मा सञ्चालन
कृषि

सहभागी कृषि सहकारी संस्था लिमिटेडबाट धरान पानबारीका कृषकहरु लाभान्वित

धरान: कृषिलाई प्राथमिकताम राखेर विगत १४ बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको धरान- ६ पानबारीमा रहेको सहभागी कृषि सहकारी संस्था लिमिटेडको