राजनिती

सुनसरीमा स्वहार्दपुर्ण ढंगबाट स्ववियु निर्वाचन हुदै


धरान: धरानमा रहेका आंगिक तथा सम्बन्धत प्राप्त क्याम्पसमा अहिले धमाधम स्ववियुको निर्वाचन भइरहेको छ । धरानमा रहेका चारवटा आंगिक क्याम्पसमध्ये धरान १४ मा रहेका पिण्डेश्वर विद्यापीठमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने अन्य तीन वटा क्याम्पसमा धमाधम निर्वाचन भइरहेको छ ।
सो अवसरमा सुनसरी प्रशासनले सुरक्षालाई मजबुत बनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहितको टोलीले सुनसरीभरि रहेका जहाँ निर्वाचन भइरहको छ त्यहाँ त्यहाँ पुगेर निर्वाचनको वस्तुस्थिति बुझ्ने काम गर्नुभएको छ । सोही क्रममा उहाँले धरानमा रहेको महेन्द्र वहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने काम गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रजिअ मिश्रले सुनसरीमा इटहरीको जनता क्याम्पसबाहेक अन्य ठाउँमा निर्वाचन स्वार्दपुण ढंगबाट भएको बताउनुभयो । उहाँले जनता क्याम्पसमा विद्यार्थीबीच मनमुटाव भएका कारण निर्वाचन सहमति गरेरै गर्नुपर्ने भएकोले चाडै सहमति भएर निर्वाचन हुने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा उचित प्रवन्ध गरिएको बताउदै अहिलेसम्म सुनसरीका पाँच वटा क्याम्पसमा भएको निर्वाचनमा शान्तिपूर्वक निर्वाचन भइरहेको जानकारी दिनुभयो ।
अहिले सुनसरी क्याम्पसमा अहिले ६ वटा आंगिक तथा सम्बन्धत प्राप्त क्याम्पसहरुमध्ये पिण्डेश्वर विद्या पीठमा सोमबार नै सुधाकर पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय स्ववियु पदाधिकारी चयन भइसकेको छ भने जनता मावि इटहरीमा विवादका कारण चुनाव हुन सकेको छैन ।
धरानका हकमा भने धरान १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा सत्ता साझेदारी गठबन्धनका विद्यार्थी संगठनबीच गठबन्धन भएर उम्मेद्वारी दिएका छन् भने
जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन (जसपा अशोक राई पक्ष) र नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी भने चुनावमा छुट्टाछुट्टै रणनीति बनाएर निर्वाचनमा होमिएका छन् । यस क्यामपसमा ४ हजार २ मतदाता रहेका छन् ।
यस्तै धरान उपमहानगर १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारमासमेत सत्ता गठबन्धनका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ अनेरास्वियबीच गठबन्धन भएर चुनाव लडेका छन् भने,जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन( जसपा अशोक राई पक्ष) छुट्टै ढगबाट स्ववियु निर्वाचनमा होमिएको छ । यस क्याम्पसमा ९ सय ६२ जना मदाता रहेका छन् ।
धरानका दुई क्याम्पस गठबन्धन गरेर निर्वाचनमा होमिरहदा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा भने अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेविसंघ समाजवादी विद्यार्थी संगठन भिडेका छन् यस क्याम्पसमा २ हजार ३ सय ६२ जना मतदाता रहेका छन् ।
समग्रमा सुनसरी इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा बाहेक अन्य क्याम्पसहरुमा शान्तिपूर्ण ढंगबाट निर्वाचन भएको छ । निर्वाचन सम्पन्न भएर मतगणना सम्पन्न नभएसम्म शान्ति सुरक्षालाई मजबुत बनाउने प्रजिअ मिश्रले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद