धरान विशेष

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा धर्मशालाको उद्घाटन



धरान: धरान ८ मा रहेको राधाकृष्ण प्रणामी मन्दिरले निर्माण सम्पन्न गरेको धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको राष्ट्रपति रामचन्द्र पौडेले उद्घाटन गर्नुभएको छ ।
धरान ८ मा मन्दिरकै परिषरमा आयोजित उद्घाटन कार्यक्रमम बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय सेवा र धर्मलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको रुपमा खडा भएको अनुभूति आफूले गरेको बताउनु भयो। उहाँले ३० बर्ष अगाडिको मुलुककै उत्कृष्ट अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने विरामीहरुलाई लक्षित गरी धर्मशाला निर्माण भएको भन्दै यो प्रशंसनीय काम भएको बताउनुभयो । उहाँले हाम्रा धर्म शास्त्रहरुमा पनि धर्म परोपकार गर्ने संस्था भएको बताउदै राधाकृष्ण मन्दिरले धर्मशास्त्रमा उल्लेख गरेका कुराहरुलाई सार्थकता दिएकोमा खुशी व्यक्त गर्नुभयो । धर्म मानव सेवा भएकोले मानवभित्र आपसी मित्रता, सद्भाव कायम हुन आवश्यक रहेको बताउनुभयो । उहाँले विश्वमा अहिले अध्यात्मकलाई अंगाल्दै गएको बताउदै समाजमा शान्ति कायम गर्न, एकताको सुत्रमा बाध्न अध्यात्मकले ठूलो भूमिका खेल्ने बताउनुभयो ।
यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मानवीय सेवामा समर्पित हुदै धर्मको प्रचारमा लागेको राधाकृष्ण प्रणामी मन्दिरले निर्माण गरेको धर्मशालाले गरिब तथा असहायहरुले भरपूर प्रयोग गर्न सक्ने भएकोले यसलाई सह्रानीय काम भएको बताउनुभयो । उहाँले धर्मशाला निर्माणका लागि सहयोग गर्न कोशी प्रदेशलाई अनुरोध गरिएको भएपनि पर्याप्त सहयोग गर्न नसकेको बताउदै आगामी आर्थिक बर्षमा भवनलाई विस्तार गर्न बजेट छुट्याउने प्रतिबद्धता जनाउनुभयो । भारत गुजरातका कृष्णाप्रणामी धर्माचार्य श्री जगतगुरुले नेपाल राष्ट्र अत्यन्तै सुन्दर भएकोले सबैको सोच सेवासँगै राष्ट्र निर्माणमा होस् भन्ने शुभकामना दिनुभयो ।
योे ५० बर्ष पुगेको अवसरमा १६ कोठे धर्मशाला निर्माण सम्पन्न भएको छ भने ब्रम्हलिन बाबाजी श्री १०८ गोपी दास महाराजजीको स्मृतिमा गोपी स्मारक ध्यान साधनालय निर्माण सम्पन्न भएको छ ।
मन्दिरले स्वर्ण महोत्सवको ९ गते देखि ११ गते सम्म विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी मनाउने जनाएको छ । श्रीमततारम सागर एवंम श्रीमद्भागवत महापुराणको त्रिदिवसीय अखण्ड पाठ पारायण साथै ब्रहमलिन परमहंस बाबाजी श्री १०८ गोपीदास जी महाराजको पावन स्मृतिमा पाठ साथै विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
सो अवसरमा १०८ जगत नन्दन शास्त्रीले, मन्दिरका संस्थापक अध्यक्ष तथा स्वर्ण महोत्सव संयोजक नेत्रप्रसाद आर्चाय लगायत अधिकृत सुरक्षाकर्मी, धार्मिक क्षेत्रका महत्वपूर्ण व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।