समाज

अपांग र जेष्ठ नागारिक वनभोजमा रमाउदै

धरान: समाजमा रहेका कसैलाई पनि अपहेलित गर्नुहुँदैन, समान व्यवहार गर्नुपर्छ भन्ने उद्देश्य राखी क्लोथ फाउन्डेशन नेपालले अपांग तथा जेष्ठ नागरिकलाई समावेश गराएर बनभोज कार्यक्रमको आयोजना गरेको छ । हरेक नागरिकको सम्माजनक बाँच्ने अधिकार सुनिश्चित गर्न समाजमा उत्प्रेरणा जगाउनकै लागि अपांग तथा जेष्ठ नागरिकहरुसँग वनभोज कार्यक्रमको आयोजना गरेको हो ।

धरान – २० विष्णुपादुकामा क्लोथ फाउन्डेशनले अपांग तथा असहायहरुलाई समावेश गरेर वनभोज कार्यक्रमको आयोजना गरेको हो । विविध कठिनाइका कारण जान मन लागेको ठाउँमा जान नपाउने, खान मन लागेको कुरा खान नपाउने यस्ता वर्गलाई वनभोज कार्यक्रममा समावेश गर्दा उनीहरु अत्यन्तै हर्षित भएका थिए । सरकारले अपांग तथा जेष्ठ नागरिकहरुलाई समान व्यवहार गर्ने कुरा संविधानमै उल्लेख गरेको भए पनि व्यवहारमा यस्तो पाइदैन । दुई बर्ष अगाडिदेखि यस्तै वर्गलाई जाडोको समयमा न्यानो कपडा वितरण गर्दै आएको फाउन्डेशनले यस्ता वर्गलाई लक्षित गरी आयोजना गरेको हो ।

वनभोज कार्यक्रममा सहभागी हुनु भएका धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकाका वडाध्यक्ष पदमबहादुर लिम्बुले क्लोथ फाउन्डेशनले अपांग तथा जेष्ठ नागरिकलाई एकै ठाउँमा समावेश गरेर वनभोज कार्यक्रम आयोजना गरेकोप्रति स्रहानीय काम भएको भन्दै प्रशंसा गर्नुभयो ।
बृद्धबृद्धा तथा अपांगलाई एक ठाउँमा जम्मा गर्न अत्यन्तै कठिन हुन्छ । चाहेर पनि उनीहरु एक ठाउँमा आउन नसक्ने अवस्था हुन्छ । उनीहरुले जीवनमा रमाइलो र मनोरञ्जन भन्ने कुरा कल्पनामात्रै सीमित हुने गर्छ । सामाजिक कार्यमा सक्रियतासँगै यस्ता समुदायलाई पनि वनभोज कार्यक्रमको आयोजना गरी उनहिरुको जीवनमा उत्साह थप्ने काम गरेकोप्रति २० नंं वडा समितिका पूर्व अध्यक्ष एवम समावसेवी मणिराम राईले स्रहानीय काम गरेको भन्दै फाउन्डेशनलाई धन्यवाद दिनुभयो ।
यस्ता कार्यक्रम विरलै हुने गरेकाले वृद्धवृद्धा तथा अपांगलाई समावेश गरेर आयोजना गरिएको वनभोज कार्यक्रमले आफूहरुलाई उत्साह थपिदिएको बताउदै फेरि फेरि यस्ता कार्यक्रम आयोजना गर्न क्लोथ फाउण्डेशनका अध्यक्ष विनय प्रधानलाई अपांग संस्था विष्णुपादुका अध्यक्ष गोविन्द बहादुर तामाङले अनुरोध गर्नुभयो ।

वनभोज कार्यक्रममा ५० जना भन्दा बढी अपांग तथा जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । सामाजिक कार्यमा सक्रिय क्लोथ पाउन्डेशनले सामाजिक कार्यसँगै संविधानमै उल्लेख रहेको समाजमा सबैको समान उपस्थिति हुनपर्छ भन्ने कुरालाई नारामात्र हैन व्यवहारमा उतार्नुपर्छ भन्ने उदाहरण पेश गरेको छ । राज्यबाट पनि यस्ता वर्गका लागि यस्ता विशेष कार्यक्रम समय समयमा गर्न सके जीवनबाट हारेका यस्ता वर्गलाई थोरै भएपनि ऊर्जा मिल्नेमा दुई मत छैन ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले