खेलकुद

कोशी प्रदेश प्रिमियर लिगः पाँचथर अन्तिम चारमा, लोहरुङ बाहिरियो


धरान: धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समुह ए बाट समुह विजेता हुँदै पाँचथरको पाँचथर युनाइटेड अन्तिम चारमा प्रवेश गरेको छ ।
बिहीबार धरान रंगशालामा भएको खेलमा संखुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर समुह विजेता बनेको हो ।

समुह बिजेताभएसँगै पाँचथर लिगको अन्तिम चारमा प्रवेश गरेको छ । पाँचथरका लागी विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचथरका बेघम गुरुङ घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो । समुह ए मा दुई टिम मात्रै भएकोले एकै खेलबाट समुहबिजेताको टुंगो लागेको थियो । पराजित भएको लोहरुङ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बिहीबार नै समुह सि अन्तर्गत भएको खेलमा इलामको रेडहर्ष क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै धनकुटाको देउराली फुटबल क्लबले समुह विजेता हुने सम्भावना कायमै राखेको छ । समुह सि मा झापाको धाइजन चारआलीसँग पराजित भएको धनुकटा र एक खेल खेलेको धाइजनको समान ३ अंक भएको छ । भोली हुने रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबीचको खेलबाट समुह विजेताको टुंगो लाग्ने छ । यस समुहमा रहेका तीनै क्लबको दोस्रो चरणमा पुग्ने सम्भावना छ ।
भोली सुनसरीको धरान फुटबल क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल हुने छ भने इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबीचको दोस्रो खेल हुनेछ । ३ अंक भएको बुइपा र शुन्य अंक भएको धरान दोस्रो चरण प्रवेशकालागी खेल्नेछन् । धरानले २ गोलको अन्तरमा बुइपालाई पराजित गर्दा मात्रै दोस्रो चरणमा पुग्नेछ भने बुइपा भने १ गोल अन्तरले पराजित हुँदा पनि दोस्रो चरणमा प्रवेश गर्नेछ ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरुको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुलाई ४ समुहमा बिभाजन गरिएको छ । समुह बिजेताहरुले लिगको उपाधीकालागी पुनः खेल्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक