शिक्षा

सुरक्षित ईन्टरनेट दिवसको अवसरमा नाटक प्रदर्शन

धरान: सुरक्षित ईन्टरनेट दिवसको अवसर पारेर अनलाइनबाट हुने बालयौन दुर्व्यवहार सम्बन्धी धरानमा सडक नाटक प्रर्दशन कार्यक्रम गरिएको छ ।
“बालबालिकालाई अनलाईनबाट हुने बाल यौन दुर्व्यवहार हुनबाट बचाऔं” भन्ने नारा सहित धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरान सुनसरीको सहकार्यमा भ्वाईस अफ चिल्ड्रेन र धरान श्रोता क्लबले आयोजना गरेको बालबालिकालाई अनलाईनबाट हुने यौन दुर्व्यवहार सम्बन्धी धरानको भानुचोकमा सडक नाटक प्रदर्शन गरेको हो ।
पछिल्लो समय अनलाइन शिक्षा लगायतका कार्यमा इन्टरनेट बढी मात्रामा प्रयोग भएसँगै अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटनाहरु धेरै मात्रामा बढ्न थालेको छ । यसै विषयलाई नाटकमा उतारिएको थियो ।
यस सडक नाटकले अहिलेको समाजमा भएको विकृति विसङ्गतिलाई समेटेको कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघाले बताउनुभयो । बढ्दोे ईन्टरनेटको प्रयोग संगै पछिल्लो समय तिव्रगतिमा दुरुपयोग भईरहेको छ त्यसमा बालबालिकालाई धेरै असर गरे पनि ठुलाबडा मानिसहरुले पनि यसको दुरुपयोग गरिरहेकोले समाजलाई नै असर गरेको उहाँले बताउनुभयो ।
यसमा राज्यले कानुनहरु प्रस्ताव पेश गरेकै छ र दुरुपयोग गर्नेलाई सजाय हुनु नै पर्ने कानुन बनिनु पर्ने उपप्रमुख बेघाले बताउनुभयो । नाटकमा देखाए अनुसार अर्कोको फोटो अर्कोमा जोड्ने र अश्लिलता झल्काउने कार्य गर्दै आएकोमा यस्ता काम गर्नेलाई राज्यले सजाय दिनु नै पर्ने उहाँले बताउनुभयो । पछिल्लो समय धेरै नै यस्ता कार्यहरु बढीरहेकोले यस्तो सडक नाटक तथा न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु विद्यालय स्तरमा उहाँले बताउनुभयोे ।
पछिल्लो समय धरान लगायत सबै ठाउँमा नै ईन्टरनेटको दुरुपयोग गरेर बालबालिकाहरु लगायत सबैलाई असर गरिरहेको ईलाका प्रहरी कार्यालय धरानको प्रहरी नायब उपरिक्षक प्रकाश जबेगुले बताउनुभयो । अनलाईनबाट धेरै किसिमको अपराध पनि बढी रहेको उहाँले बताउनुभयो । जसमा महिला हिंसा, ठगि, अपराध तथा लागुऔषध ओसारपसार सबैमा ईन्टरनेटले प्रभाव परिरहेको जबेगुले बताउनुभयो ।
अनलाइनबाट हुने यौन दुर्व्यवहार र शोषणका घटनाहरु बढ्न थालेपछि बालबालिकाको पढाइ, बानी व्यवहार, मानसिक तथा शारीरिक स्वास्थ्य, परिवारमा बेमेल, बालबालिका घर छोडेर हिँड्ने लगायतको समस्या हुने गरेकोले र यससम्बन्धी नीति नियमहरु पनि कम भएको र प्रभावकारी नभएकाले भ्वाइस अफ चिल्ड्रेनले अनलाइन बाल यौन दुर्व्यवहार रोकथामको परियोजना सञ्चालनमा ल्याएको भ्वाइस अफ चिल्ड्रेन साइबर सेफ्टी परियोजनाको अधिकृत लीला भुजेलले बताउनुभयो ।
भ्वाइस अफ चिल्ड्रेनले वर्ष भरी नै इटहरी, धरानलगायत सुनसरीका विद्यालयहरुमा अनलाइनबाट हुने यौन दुर्व्यवहार न्यूनीकरणसम्बन्धी कार्यक्रम, शिक्षक अभिभावक संघ, बालअधिकार समितिहरुलाई पनि विभिन्न तालिम दिएर क्षमता विकासका कार्यक्रम गर्दै आएको अधिकृत भुजेलले बताउनुभयो ।
भ्वाईस अफ चिल्ड्रेनले विगत २४ वर्षदेखि सडक, यौन दुर्व्यवहार तथा जोखिम अवस्थामा रहेका बालबालिकाको उद्दार तथा संरक्षण पारिवारिक/सामाजिक पुनर्मिलन गर्ने, वालवालिकाप्रति हुने यौनजन्य दुर्व्यवहारहरु लगायत वालअधिकारका हननको विरुद्ध चेतना अभिवृद्धि गर्ने, जोखिमपूर्ण समुदायमा रहेका परिवारहरुको क्षमता अभिवृद्धि गरि बालसंरक्षणका लागि सक्षम बनाउन सहयोग गर्ने र बालसंरक्षणका स्थानीय संरचनाहरुको सवलीकरण गर्न सहकार्य गर्ने कार्यहरु गरिरहेको छ ।
यसै सन्दर्भमा भ्वाईस अफ चिल्ड्रेनले साईबर सुरक्षा कार्यकम अर्न्तगत स्थानिय पालिकाहरुसंगको सहकार्यमा समुदायस्तरमा तथा सरोकारवालाहरुसंग अनलाईन मार्फत हुने बालयौन दुर्व्यवहार रोकथामका लागि विभिन्न कियाकलापहरु गर्दै आईरहेको अधिकृत भुजेलले बताउनुभयो ।
सडक नाटकमा धरान श्रोता क्लबका सदस्यहरु सौगत बिक, प्रमिसा थापा, कुसुम राई, सरु राई, इन्जीस देवान, यून्छो लिम्बु, शसी लिम्बु र भावना बिकले खेल्नुभएको थियो ।
ईलाका प्रहरी कार्यालय धरान, सुनसरीको विवरण अनुसार आ.व. २०८१।०८२ को पुस महिना सममा ३ वटा साईबर क्राईमको र १ वटा बाल यौन दुर्व्यवहारको मुद्धा दर्ता भएको जनाएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख विरेन्द्र थापा, मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा अग्रज पत्रकार भिमज्वाला राई, धरान श्रोता क्लबका अध्यक्ष मानव गदाईलि, विद्यार्थीहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई