धरानमा महिला सीप विकास तालिम केन्द्रको शाखा कार्यालय बिस्तार भएको छ। धरान- ८ स्थित लांघाली चोकमा शाखा कार्यालयको शनिबार उद्वाटन गरिएको छ।
कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले उद्वाटन गर्दै केन्द्रले महिलाहरुलाई उद्यमशील बनाउने अपेक्षा व्यक्त गरिन् । साथै उनले आफ्नो घरपरिवारलाई व्यवस्थापन गर्दे सामाजिक कार्यमा महिलाहरु अघि बढ्नुपर्ने बताइन् ।
महिलाहरुलाई उममशील, रोजगारमुलुक बनाउनोस्, उद्यमी बनाउन केन्द्रले नेतृत्व गरोस्,’उनले सुझाव दिदै भनिन्,‘महिलाहरुले पहिला आफ्नो घर, परिवारलाई व्यवस्थित गर्दै समाजमा बाहिर आउनुपर्छ । सांसद श्रेष्ठले आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाइन् ।
इटहरीमा केन्द्रीय कार्यालय रहेको केन्द्रको धरानमा विस्तार भएको संस्थापक एवं सञ्चालिका राधिका कार्कीले जानकारी दिइन् । केन्द्रले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन विभिन्न सीपमुलक तालिमहरु दिदै आइरहेको उनले बताइन् ।
कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.समिक्षा पौडेल र डा.अस्मिता श्रेष्ठले स्तन क्यान्सर र पाठेघर क्यान्सर सम्बन्धी सचेतनामुलक जानकारी दिएका थिए ।