सप्तकोशी नदी यतिबेला बाँस ढुवानी गर्ने जलमाध्यम बन्दैगइरहेको छ । पुर्वका पहाडी जिल्लाहरु भोजपुर, उदयपुर, धनकुटा र खोटाङबाट बाँसको घनाहरु मिलाएर बाँधेर डुङ्गा जस्तो बनाएर नदीको पानीमा बगाउदै ल्याउनेलाई (चेफा, जाक) पनि भन्ने गरेको बाँस व्यवसायी नरेश राई बताउछन। विगत १५ बर्ष देखि बाँसको व्यवसाय गर्दै आईरहेको र बर्षमा २० देखि २५ लाख भन्दा माथीको बास खरिद गर्ने गरेको राई बताउछन। बाँसको व्यपारबाट घरपरिवार चलेको र आफू सन्तुष्टै रहेको राईको भनाई छ। बाँस बिक्री केन्द्रबाट एक घनाको १५० देखि २०० सम्म बिक्री गर्ने गरेको र बाँसको टुप्पो १० रुपैयाँ देखि ५० रुपैयाँ सम्म बिक्री हुने गरेको उनी सुनाउछ्न।
सुनसरीको बराहक्षेत्र – २ तेह्रआरडी चतरासम्म ल्याएर डिपो गरी बिक्री गर्ने गरिन्छ । पुर्वी पहाडी जिल्ला जहाँ यातायातको पंहुच नपुगेका ग्रामीण क्षेत्रबाट यसरी जोखिम मोलेर सप्तकोशी नदीमा बाँस बगाउदै ढुवानी गर्दा, आम्दानी समेत मनग्गे हुने गरेको उदयपुर बगुवाका अनिल माझी बताउछन। एक पटक चेफा ल्याउदा १५० देखि २०० सम्म बाँसको घना ल्याउने गरेको र त्यसबाट ६ हजार कमाई हुने जानकारी गराउछन। गाँउमा बाँस घनाको ६० देखी १०० सम्ममा खरिद गर्ने गरेको माझी बताउछ्न।
२ बर्ष अगाडी देखि बाँस व्यवसायी बनेका डम्बर लिम्बू स्थानीय बासी पनि हुन यश पेसाबाट आफू सन्तुष्टीनै रहेको भनाई छ। काठमाडौ धेरै मात्रमा सप्लाई हुने हुदा करोवार बाँकी हुने भएकोले आर्थिक समस्या परिरहेने अनुभव सुनाउछन।
चेफा बगाएर ल्याउदै गर्दा चेफा संगै साथी नदीमा हराएको कुरा सुनाउदै भावुक बने बेलका – ६ का फौद सिंह श्रेष्ठ, धेरै प्रयास गर्दा पनि साथीलाई बचाउन सकिएन धेरै गाह्रो छ तर पनि गर्नै पर्ने बाध्यता रहेको कथन श्रेष्ठको छ।
यसरी दैनिक हजारौ घना बाँस सप्तकोशी नदी हुदै सुनसरीको चतरा नजिकैको तेह्रआरडी ल्याइपुर्याइन्छ । सुनसरीको चतरा ल्याई पुर्याएपछि पछि बाँसको दाममा पनि धेरै फरक पर्ने गर्दछ । यहाँ बाँस खरिदका लागि काठमाण्डौ, धरान, इटहरी लगायतका व्यापारीमात्र हैन क्षेत्रिय कारगार झुम्कामा समेत यही बाँस खरिद गरेर त्यहाँका कैदी वन्दीहरुले विभिन्न प्रकारका बासका सामाग्री निर्माणमा प्रयोग गर्ने गरेका छन् ।
सप्तकोशी किनारामा अहिले दैनिक १ हजार ५ सय देखि २ हजार घाना बाँस सप्तकोशी नदीको पानीमा (चेफा) डुङ्गा जसरी तैराउदै ल्याईपुर्याईन्छ । कार्तिकदेखि जेठ सम्म यहाँ बाँसको व्यापार हुने गर्दछ । पुसमा दैनिक ५ हजार देखि १० हजार घना सम्म दैनिक यहाँ बाँस सप्तकोशी नदीको माध्यमवाट आईपुग्ने गर्दछ । यसरी पहाडी क्षेत्रबाट संकलन गरेर लामो समय पानीमा डुवाउदै बगाउदै ल्याएको बाँसको निक्कै राम्रो गुणस्तर हुने पनि बाँस व्यावसायी पुन्यप्रसाद गौतम बताउनुहुन्छ ।
बाँसको सिजनको वेलामा करिव करिव ५ देखि ७ लाख घनासम्म बाँस सुनसरीको चतरा आइपुग्ने बाँस व्यावसायीहरु वताउछन् । सडक सुविधा नपुगेका नदीले छोएका पुर्वी पहाडी जिल्लावाट यहाँ बाँस निकासी हुने गर्दछ । सप्तकोशीबाट बासमाथि मानिससमेत चढेर बगाउदै ल्याउदा दुवानी खर्च कम हुने तर यसरी ल्याउदा धेरै नै जोखिम समेत हुने गरेको बास खरिद गरेर विक्रीका क्रममा ल्याउने व्यापारी रघु राई बताउनुहुन्छ ।
करिब २ दशक अगाडिदेखि यातायातको पहुच नपुगेको पूर्वी पहाडी जिल्लाबाट सप्तकोशी नदीको माध्यबबाट बाँस ढुवानी हुने गरेको स्थानीयहरुको भनाई छ । एक पटकमा सयौ घना बांस बाँधेर वगाउदै ल्याउने गर्दछन् । जोखिम मोलेर ल्याइएको यस्ता बाँसहरुको समेत निकासी कर व्यावसायीलाई महंगो लिने गरेको व्यापारीहरुको दुखेसो छ। यहाँबाट पुर्वको विभिन्न शहर र काठमाण्डौ सम्म बांस बिक्री हुने गर्दछ । बाँसको बजार गाँउमै हुने गरेको भए यस्तो जोखिम मोलेर सप्तकोशीबाट ल्याउन नपर्ने भन्दै त्यहाँका व्यवसायीहरुले गाँउमै उचित बजारको व्यवस्था गरिदिन सरकारसंग माग समेत गरेका छन् ।
भिडियो पनि हेर्नुस: