खेलकुद

विश्वकपको ढाँचामा चाँदी र सुनको नक्सा बनाइएको प्रदेश प्रिमिर कप सार्वजनिक

धरानः कोशी प्रदेश फुटबल संघले सातै प्रदेशका फुटबल क्लबहरुलाई राष्ट्रिय लिगसंग जोड्न प्रथम ‘कोशी प्रभिन्स प्रिमियर लिग–२०८१’ फुटबल प्रतियोगीता धरानमा सञ्चालन गर्ने भएको छ ।

प्रदेश प्रिमियर लिग माघ २८ गते देखी धरान रंगशालमामा सञ्चालन हुने संघका अध्यक्ष तथा एन्फाका मानार्थ केन्द्रिय उपाध्यक्ष किशोर राईले सोमवार विहान एन्फा एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।

उनले भने ‘अहिले एन्फा फुटबलका सबै भन्दा महत्वपूर्ण राष्ट्रिय लिगलाई देशभरीका सातै प्रदेश, जिल्लाका फुटबल क्लबहरुलाई समेटेर फुटबललाई पूर्ण व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्न अगाडि बढेको छ ।’

महत्वाकांक्षी राष्ट्रिय लिगलाई परिणाममुखी बनाउन अहिले सात वटै प्रदेशका प्रदेश लिगहरु भैरहेको उनले जानकारी दिए ।

राष्ट्रिय लिगमा शहिद स्मारक लिगमा ६ वटा ए डिभिजन टिमबाट छनौट हुने र ४८ जिल्लाबाट प्रदेश हुँदै एन्फा प्रेसिडेन्ट कप र अन्तर प्रादेशीक प्रतियोगीताबाट ४ वटा टिम छनौट भई राष्ट्रिय लिग फुटबल हुने उनको भनाई छ । उनले भने ‘यो राष्ट्रिय लिग अत्यन्तै वेज्ञानिक र समावेशी पद्धती हो ।’

त्यसैको शुरुआत कोशी प्रभिन्स प्रिमियर लिग–२०८१ भएको उल्लेख गर्दै उनले पछिल्लो समय नेपाली फुटबलका खेलाडिहरुको अन्तर्राष्ट्रिय बजारमा माग बढेको बताए ।
अध्यक्ष राईले भने ‘अबको १० वर्षमा नेपाली फुटबल टिम विश्वकपमा प्रवेश गराउने दिशमा एन्फालाई अघि बढाउनु पर्छ ।’

धरानमा हुने प्रदेश प्रिमियर लिगमा ४ राष्ट्रिय लिगको टिम, ११ जिल्लाबाट जिल्ला च्याम्पियन क्लबहरुबाट सुपरर–४ समुह विच सुपर लिगको प्रतिस्पर्धा हुने बताइएको छ । प्रिमियर लिगमा कोशी प्रदेशका ११ जिल्लाबाट सहभागीहरु क्लबहरु निम्न छन्–

धरान फुटबल क्लब सुनसरी, लोहरुङ फुटबल क्लब संखुवासभा, देउराली युवा क्लब धनकुटा, गाइघाट फुटबल क्लब उदयपुर, धाइजन चारआली स्पोर्टिङ क्लब झापा, सम्राट स्पोर्टिङ क्लब मोरङ, प्रगतीशील युथ क्लब ताप्लेजुङ, पाँचथर युनाइटेड क्लब पाँचथर, रेडहर्ष फुटबल क्लब इलाम, बुइपा एघार स्पोर्टिङ क्लब खोटाङ र लाइब्रेरी फुटबल भोजपुर ।

अध्यक्ष राईले प्रदेश प्रिमियर लिग प्रतियोगीता सञ्चालनका लागि जिल्लाका क्लबहरुलाई तयारी खर्च, पुरस्कार लगायत गरी २५ लाख २५ हजार खर्च लाग्ने अनुमानित बजेट पनि सार्वजनिक गरे । संघले सरकारी तथा सरोकारवाला निकायहरसंग् अनुमानित ६० लाख रुपया सहयोग माग गर्ने प्रस्ताव गर्नेछ ।

पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाईं स्वागत तथा सम्मानमा पनि आयोजित कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम बेघाले प्रदेश प्रिमियर लिगको नव निर्मित रनिङ कप अनावरण गरे ।

विश्वकप फुटबलको प्रतिक ढाँचामा बनाइएको कोशी प्रदेश प्रिमियर कप निकै आकर्षक छ । चाँदीको करिब ४ केजी तौल रहेको कपमा कोशी प्रदेशको नक्सा १ तोला सुन लगाएर बनाइएको छ । उक्त रनिङ कप प्रिमियर लिगका च्याम्पियन टिमलाई पुरस्कार सहित प्रदान गरिने छ ।

कार्यक्रममा पत्रकार महासंघ सुनसरीका सभापति सन्तोष काफ्ले, उपाध्यक्ष अर्जुन सुवेदी लगायत पदाधिकार तथा कार्यसमिति सदस्यहरुलाई सम्मानपत्र, उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर बेघा, पूर्व नगर प्रमुख तिलक राई, नेपाली कांग्रेसका सभापति श्याम पोखरेल लगायतले धरानको विकास र समस्यालाई उजागर गर्ने सवालमा पत्रकाक महासंघको भूमिका महत्वपूर्ण रहेकाके बताए । सञ्चालन सुनसरी जिल्ला खेलकुद संघका महासचिव कोवदजंग कार्कीले सञ्चालन गरेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक