आर्थिक

विजयपुर बचतको २० औं वार्षिक साधारण सभा सम्पन्न , ३४ लाख मुनाफा

धरान – १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शानिबार धरान – ८ स्थित लाङ्घाली सामुदायिक वनको भवन सम्पन्न २० औ साधारण सभाको कार्यम्रम संस्थाका अध्यक्ष नविन मेन्याङ्वोको अध्यक्षतामा भएको थियो। साधारण सभामा आर्थिक प्रतिवेदन संस्थाका उपाध्यक्ष नविन पराजुलीले प्रस्तुत गर्नु भएको थियो। ५ बर्ष अगाडी अर्कै समुहले संचालन गर्दै आएको संस्थालाई नविन मेन्याङबोको समुहले संचालन गर्न सुरु गरेपछी बन्द हुन लागेको अवस्थाको संस्थालाई पुनरजीवन दिएर ५ बर्षको अवधीमा नाफा उन्मुख गएको संस्थाका उपाध्यक्ष पराजुलीले जानकारी दिए ।

आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन अनुसार संस्था ३४ लाख ५१ हजार ७ सय्क ४ रुपैया नाफामा रहेको छ ,जसलाई बिभिन्न कोषमा बाडफाड गरिएको उपाध्यक्ष पराजुलीले जानकरी दिए । जस अन्तर्गत जगेडा कोष , सुरक्षित पुजी फिर्ता कोष , शेयर लाभांस , कर्मचारी बोनस , सहकारी प्रवर्धन कोष , सहकारी शिक्षा कोष लगायतका कोषहरुमा बिभाजन गरिएको जानकारी दिनु भएको थियो ।

सस्थाले ३४ लाख ५१ हजार ७ सय ४ रुपैयाँ पाउनु पर्ने रकम नपाएर खराब कर्जामा रुपान्तरण हुदा लेखा परिक्षण खातामा ३ लाख ५३ हजार ९ सय २० रुपैयाँ ९८ पैसा घाटा देखिन गएको पराजुलीले स्पस्ट पारे । संस्थाले उठाउन पर्ने रकम कर्जा असुली नीति तथा कार्यविधि अनुरुप सम्पूर्ण कार्यसम्पादन भइ लिलामको प्रक्रियामा मात्र बाँकी रहेकोले यो साधारण सभा पश्चातसो कार्य गर्ने पराजुलीले स्पस्ट पारे ।

आर्थिक बर्षको शेयर पुंजी ८२ लाख ९४ हजार ४ सय, जगेडा कोष ५ लाख ८५ हजार ७ सय ९१ रुपैयाँ ८ पैसा, सहकारी प्रवधन ६ हजार ९ सय ७२ रुपैयाँ ८९ पैसा, अन्य कोष ३ लाख २७ हजार ५ सय ६९ रुपैयाँ ५३ पैसा, निक्षेप १ करोड ८६ लाख ४८ हजार ७ सय ३२ रुपैयाँ ८ पैसा स्थिर सम्पति ३लाख ७७ हजार ए १ सय ९५ रुपैयाँ ५६ पैसा र कर्जा लगानी १ करोड ७९ लाख ११ हजार १ सय ४६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार निक्षेप ब्याज खर्च १३ लाख १० हजार ६ सय ८७ रुपैयाँ प्रस्तुत गरिएको छ ।

कार्यक्रमका संस्थाक अध्यक्ष नविन मेन्याङ्बोले पछील्लो समय सहकारीहरुलाई हेर्ने दृष्‍टि फरक भएपनी यहाँ सहकारीका टिम व्यवस्थापक,संचालक समिती, कर्मचारी , शेयर सदस्यहरु, बजार प्रतिनिधिहरुको अथक मेहनतको कारण संस्था मुनफामा गएको बताए । नेपालमा ३१ हजार भन्दा धेरै सहकारी चलायमान भएपनी दुई चार वटा सहकारीका कारण सहकारीहरुको अबस्था शंखा गर्ने ठाँउ भएपनी विजयपुर सहकारी सँग अलिकती पनि बिचलित नहुन शेयर सदस्य र बचतकर्ताहरुलाई आग्रह गरे ।

आर्थिक व्यवस्थापन चुस्त दुरुस्त नहुँदा सहकारी डुब्ने अनी शेयरवाल हरुले विश्वाश गर्न नसकेर डुब्न् लगेकोले हाम्रो संस्थाको व्यवस्थापनमा कुनै कसर बाँकी नराखेर व्यवस्थापना चुस्त दुरुस्त र पारदर्सी भएकोले नडराउन अध्यक्षले आग्रह गरे । हाम्रो संस्था नाफा कमाउन मात्र उद्दत नहरेको जिकिर गरे । संस्थाले सामाजिक दायित्व पुरा गर्दै यही बर्षमात्र शैक्षिक सामग्रीहरु बितरण देखी स्वास्थ्य शिविरका लागी आर्थिक सहयोग गर्दै आएको बताए । विजयपुर सहकारी संस्थाको कारोवार हेर्न चाहनुहुन्छ भने कार्यालय आएर एक निवेदन दिएर सबै हेर्न आग्रह गरे ।

कार्यक्रमामा एक बर्ष भित्र १० हजार भन्दा धेरै शेयर बढाउने शेयर सदस्यहरुलाई प्रमाण पत्र, मायाको चिनो र नगद सहित सम्मन गरिएको थियो । यसैगरी बजार प्रतिनिधिहरुलाई पनि ट्रफी सहित् धन्यवाद दिइएको थियो । यसैगरी सभाले संचालक समितिका केही संचालक सदस्यहरुको कार्य व्यस्तताका कारण समितीमा केही हेरफेर गरेको छ । सभामा उपस्थिती शेयर सदस्य तथा बचतकर्ताहरुबाट संचालक समितीको रिक्त रहेको बिभिन्न पदमा पदपुर्ती गरेकोछ । जस अन्तर्गत लेखा समिती संयोजकमा आनन्द लिम्बु र ऋण समिती सदस्यमा मनिता मगरलाई मनोनय गरेको छ । औपचारिक कार्यक्रम पछी सम्पूर्ण शेयर सदस्यहरु, वचतकर्ताहरु को लागी मनोरन्जनात्मक खेल, नृत्य प्रतियोगिता लगायत कार्यक्रमहरु आयोजना गरिएको थियो ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको