स्वास्थ्य/जिवनशैली

इटहरी अस्पतालका डाक्टर प्राईभेट क्लिनिकमा काम गर्दै, सम्बन्धीत निकाय बेखबर

सुनसरी: इटहरी अस्पतालका रेडियोलोजिष्ट डा. रितुराज सुवेदीले स्वास्थ्य ऐन नियम उल्लङ्घन गरी कार्यलय समयमा बाहिर प्राईभेट स्वास्थ्य क्लिनिकहरुमा काम गर्दै आएका छन् ।

उनले इटहरी -१ मा रहेको इटहरी मेडिकल हलमा नेमपिलेट राखेर नै काम गरिरहेको छ। स्वास्थ्य ऐन अनुसार नियुक्ती भएको अस्पताल देखि कर्मचारीले आफ्नो कार्यालय सम्बन्धित काम बाहेक प्राइभेट प्राक्टिस र अन्य कुनै प्रकारका वैतनिक र अवैतनिक काम गर्न नहुने गरी बन्देज लगाएको छ ।

डाक्टर सुबेदीले इटहरी अस्पताल भित्र रेडियोलोजिष्टको जागिर खादै अस्पताल बाहिर प्राईभेट स्वास्थ्य क्लिनिकहरुमा कार्यलय समयमा काम गर्दै आईरहेको छ। इटहरी अस्पतालमा भिडियो एक्सरे गर्न गएका बिरामीहरुले जहिले पनि धेरै समय लाईनमा बस्नु पर्ने दिनको १२ बजे र २ बजेको टाईम दिने इटहरी अस्पतालको भिडियो एक्सरे गर्ने डाक्टर सुबेदीलाई बाहिर प्राईभेट क्लिनिकमा भेटाएको गुनासो गरेका थिए।

डाक्टर सुबेदीले इटहरी मेडिकलमा दिनको १:१५ मा जाने, परिवार नियोजन संघ इटहरीमा दिनको १२: ४५ मा जाने गरेको पाईएको छ। यी बाहेक अन्य इटहरीमा ३ वटा झुम्कामा १ र गोठगाउँ मोरङमा २ वटा गरि ६ वटा प्राईभेट क्लिनिकमा जाने गरेको भन्दै गुनासो आएको छ।

उक्त बिषयमा इटहरी अस्पताल प्रमुख मनिस शर्माले अस्पतालमा दरबन्दी नभएर उहाँलाई राख्न बाध्य छौ, उहाँ बाहिर गएर पनि काम गर्नु हुन्छ भन्ने गुनासो आएको छ, मैले यश अघि पनि गुनासो आएर कुरा गरेको छु र इटहरीका मेयर हेमकर्ण पौडेललाई पनि दरबन्दीको बिषयमा जानकारी गराएको छु उहाँलाई कार्वाही गर्दा इटहरी अस्पताल रेडियोलोजिष्ट बिहिन हुने भएकोले कार्वाही गर्न पनि नसकेको उहाँले फोन सम्पर्कमा बताउनु भयो।

इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरीले “म कुरा बुझ्छु एक पटक गुनासो आएको थियो यो बिषयमा मेयर साबलाई पनि भन्छु कार्यलय समयमा बाहिर गएर काम गरेको हो भने कार्वाही हुन्छ” टेलिफोन सम्पर्कमा बताउनु भयो। इटहरीका मेयर हेमकर्ण पौडेललाई फोन सम्पर्क गर्दा फोन उठेन।

इटहरी अस्पतालमा कार्यरत डाक्टर रितुराज सुबेदीले यो बिषयमा बुझ्न खोज्दा “मलाई फोन गर्ने कस्ले अधिकार दियो ? अस्पतालको बिषयमा तपाईलाई के थाहा छ ? भन्दै केही कुरा नबताउने आफू इटहरीमा नै घर भएको मान्छे हुँ आज सम्म मलाई कुनै पत्रकारले फोन गर्न हिम्मत नगरेको भन्दै फोनमा कुरा नगर्ने बताउनु भयो।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका