धरान: कुलुङ जातिहरुको महान चाड मिनारी दाचाम् चासुम्लाे निङ्दाेङ चाक्चाकुर तथा येलेदाेङ ५०८५ काे अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कुलुङ जातिको महान पर्व चाक्चाकुरलाई राष्ट्रीय पर्बको रुपमा मनाउनु पर्ने बताउनु भएको छ।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ सुनसरीले आयोजना गरेको चाक्चाकुर विशेष कार्यक्रमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथी समेत रहनु भएका मन्त्री भण्डारीले आफ्नो संस्कार संस्कृति जोगाइ राख्नु सबैको दायित्व रहेको बताउनु हुदै कुलुङ जातीको बिषयमा प्रदेश सरकार गम्भीर रहेको र यो बिषयमा मुख्यमन्त्री संग छलफल गर्ने बताउनु भयो।
हरेक धर्म संस्कृतिको संरक्षण र जगेर्ना राज्यले गर्नु पर्ने सबिधानमै उल्लेख रहेकोले कुलुङ जातीको पहिचान र छुटै जातीको रुपमा सरकारले सम्बोधन गर्ने कुरामा शंखा नगर्न कुलुङ समुदायमा आग्रह समेत गर्नु भएको थियो।
उहाँले कुलुङ जातीको आफ्नै भाषा आफ्नै लिपि आफ्नै भेषभुषा रहेको यहाँ आए पछि थाहा पाएको बताउनु भयो। कुलुङ जातीको महान पर्व चाक्चाकुरमा निमन्त्रणा गर्नु भएर सम्मान गर्नु भएको भन्दै कुलुङ समुदायहरुमा शुभकामना व्यक्त गर्नु भएको छ।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ केन्द्रीय उपाध्यक्ष दौलत कुलुङ्ले आफुहरु पहिचान र अधिकारको लागि ३० बर्ष देखि शान्ती पुर्ण आन्दोलन गर्दै आईरहेको तर सरकारले कुनै सुनुवाई नगरेको बताउनु भयो।
उहाँले नेपालमा रहेको १ सय ४२ जाती जस्तै कुलुङ पनि एक जाती रहेको उल्लेख गर्दै २०४७ सालको सबिधानले आफ्नो पहिचान, अस्तीत्व, भाषा, लिपि संरक्षण गर्ने अधिकार दिए संगै २०५३ साल देखि कुलुङहरु संस्थागत संगठित भएको बताउनु भयो।
कुलुङले आन्दोलनको नाममा सडक अबरुद्व नगरेको, प्रहरीलाई ढुङ्गा नहानेको बैचारिक रुपमा आन्दोलन गर्दै आएको जानकारी गराउदै मन्त्री मार्फत प्रदेश सरकारलाई कुलुङ जातीलाई कमजोर रुपमा नलिन सुझाएका छन।
कुलुङ जातीले आफ्नो महान् पर्वको रुपमा मनाउने चाक्चाकुर पर्ब धरान उपमहानगरपालिका–५ नम्बर वडा देवीगाउँमा रहेको किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ सुनसरीका कार्यलयमा प्रत्येक वर्षको पुस १५ मा कुलुङ समुदायले चाक्चाकुरलाई भव्यरुपमा मनाउने गरेका छन् । चाक्चाकुरमा कुलुङ समुदायको मानिस भेला भएर ढोल र झ्याम्टा बजाउदै तोस शिल साकेला नाच्दै मनोरञ्जनात्मक कार्यक्रम गर्दै मनाउछन।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ सुनसरीका अध्यक्ष मानुमध्वज कुलुङले चाक्चाकुर पर्व कुलुङ जातिको बाहुल्यता रहेको भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, इलाम, धनकुटा, सुनसरी लगायतका जिल्लामा मनाउने गरिन्छ । नयाँ वर्षमा सह होस् र अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई पूजाआजा गरी यस पर्व मनाउने गरिएको बताउनुभयो ।
कुलुङ जातीको पुर्खाहरुले प्रयोग गरेको भेषभुषा, तोस शिली, भाषाको गित र खानाको परिकारहरुको पनि प्रर्दशनी गरिएको थियो।