तेह्रथुम आठराई गाउँपालिकामा काँग्रेसको १ सय दिने संगठन सुदृढीकरण अभियान समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सो कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी खतिवडाले निर्वाचनमा पार्टी भित्र अन्तरघात गर्नु भनेको माहाअपराध भएको बताउनु भएको छ।
कार्यक्रममा बोल्दै खतिवडाले पार्टीले सबैलाई समेटेर संगठित गरेर अगाडि बढ्नु पर्ने बेला पार्टी भित्रै बाट अन्तरघात भएको कारण नै समस्या आएकोले पार्टी भित्र एक ढिक्का भएर अगाडि बढनु पर्ने बताउनु भएको छ।
कार्यक्रमा बोल्दै महाधिवेशन सदस्य तथा महिला संघका केन्द्रिय सदस्य सनिसा भेटवालले आठराईमा नेपाली कांग्रेसले धेरै प्रगति गरेको र सबैलाई खुसि बनाएको छ । नेपाली कांग्रेसले गरेका कामले गर्दा खुसि हुदै नेकपा माओवादी, नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा ३२ जना प्रबेश गरेकोमा नयाँ प्रवेसीहरुलाई स्वागत गर्दै उक्त कुरा बताउनु भएको हो।
आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिमले आठराईको बिकासले अग्रता लिइरहेको छ। आठराईमा बिभिन्न सडकहरु पिच र सडक निर्माणका कामहरु, खेलकुद क्षेत्रमा खेलमैदान निर्माण, खेलाडीहरुलाइ प्रोत्साहन र शिक्षा क्षेत्रमा लगानी, आठराई बासिहरुलाई खानेपानी उपलब्ध गराएको जानकारी गराउनु भयो।
उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टीमा प्रबेश गर्ने ३२ जना नयाँ प्रबेसीलाई फुलमाला र अवीर लगाएर प्रमुख अतिथी, अतिथीहरुले स्वागत गर्नु भएको थियो।