आज धरान – १५ नेपाली काँग्रेसको वडा भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस कोशी प्रदेश माहामन्त्री उमेश थापाले काँग्रेस एक ढिक्का भए आगामी २०८४ सालको निर्वाचनमा सतप्रतिशत चुनाव जित्ने बताउनु भएको छ।
थापाले कोशी प्रदेश काँग्रेसले सगरमाथा अभियान संचालन गर्ने र उक्त कार्यक्रम झापा देखि सुरु हुने जानकारी गराउदै वडा,नगर, क्षेत्र र जिल्ला संग समन्वय गर्दै कार्यकर्तामा उत्साहको आधिवेरी ल्याउने बताउनु भएको छ।
धरानको बिकाशमा के गर्नु पर्छ वडा, नगर र क्षेत्रले योजना ल्याएर आए प्रदेश सरकार संग माग गरेर बिकासको आयोजना दिलाउन कोशी प्रदेश समिती र आफू हरदम तयार रहेको बताउदै बिकासको क्षेत्रमा के आवश्यक छ के गर्नु पर्छ भन्ने योजना लिएर आउन कार्यक्रम स्थल बाटै माहामन्त्री थापाले आव्हान गर्नु भएको छ।
उक्त भेलालाई सम्बोधन गर्दै क्षेत्रीय सभापती सुजेन्द्र तामाङले क्षेत्रीय समितीको नेतृत्वमा धरान भित्र रहेको गरिव, असाहय र सुकुम्बासीको ८० जना बच्चालाई काँग्रेसले १० कक्षा सम्म अध्यान गराईदिने कार्यक्रम सुरुवात गर्न लागेको जानकारी गराउनु भएको छ।
क्षेत्रीय समितीको समन्वयमा गरिव, असाहय र सुकुम्बासीहरुको ८० जना बच्चाहरुलाई १० कक्षा सम्म काँग्रेसले अध्यान गराउने कार्यको प्रशंसा गर्दै पुर्ब प्रतिनिधि सांसद मिना सुब्बाले आफ्नो पनि साथ सहयोग रहने बताउनु भएको छ।
धरान – १५ वडा सभापती डम्बर गुरुङको सभापतित्वमा भएको वडा भेला कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश सदस्य अन्जना राई, गणेश परिवार, जिल्ला सहसचिव गणेश लिम्बू, सुनसरी निर्वाचन क्षेत्र नम्बर १ (क) का सभापती अनिल श्रेष्ठ, नगरसभापती श्याम पोखरेल, पुर्ब नगरसभापती किशोर राई र तरुणदल केन्द्रीय सदस्य देबेन्द्र लिम्बुको उपस्थीती रहेको थियो। उक्त कार्यक्रम वडा सचिव गजेन्द्र लिम्बुले संचालन गरेका थिए।