राजनिती

कांग्रेस सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर २१ गते धरान आउने

धरानः नेपाली कांग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर २१ गते धरानमा कार्यकर्तालाई सम्बोधन गर्न आउने भएका छन ।

कांग्रेस धरान उपमहानगरसमितिको निमन्त्रणमा सभापती देउवा धरान आउन लागेको कांग्रेस धरान उपमहानगर समितीका सभापती श्याम पोखरेलले जानकारी दिएका हुन ।

प्रमुख अतिथि सभापति देउवाले बृहत कार्यकता भेलामा पुस्तक विमोचन, पत्रकार सम्मान एवं पुरस्कार प्रदान गर्नै कार्यक्रम रहेको उनले बताए ।

पूर्व प्रधानमन्त्री देउवाले अग्रज पत्रकार, लेखक गिरिराज आचार्यको ‘वीपी कोइरालाका साहित्यिक विचारह’ नामक पुस्तक विमोचन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा सभापति देउवाले गिरिराज आचार्य श्रृजनशील पत्रकारीता पुरस्कार अक्षयकोषव्दारा प्रदान गरिने ‘गिरिराज आचार्य श्रृजनशिल पत्रपत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हर्ष सुब्बालाई सम्मानपत्र प्रदान गर्ने कार्यक्रम छ ।

साथै सोही अवसरमा ‘गिरिराज आचार्य श्रृजनशील पत्रकारीता पुरस्कार’ पत्रकार विनय प्रधानलाई प्रदान गर्ने कार्यक्रम छ । प्रधान विगत डेढ दशक देखि टेलिभिजन पत्रकारीतामा क्रियाशिल छन ।

कांग्रेस महासमिति सदस्य तथा धरान उपमहानगरपालिका पूर्व प्रमुख तिलक राईले चार दशक देखि निरन्तर पत्रकारितामा सक्रिय रहेका सुब्बालाई पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाको उपस्थितिमा सम्मान गर्न लागिएको बताए । सुब्बा कपुरी न्यूजका प्रधान सम्पादक हुन ।

नेपाल प्रेस युनियन संगको सहकार्यमा नेपाली कांग्रेस धरान उपमहानगर समितीले ‘गिरिराज आचार्य श्रृजनशील पत्रकारीता पुरस्कार अक्षयकोष’ स्थापना गरेको छनौट समितीका संयोजक बासुदेव बरालले बताए ।

सभापती देउवाका साथमा गृहमन्त्री रमेश दत्त लेखक, केन्द्रिय सदस्य पुर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रिय सदस्य लक्ष्मि खतिवडा, प्रदेश सभापति उद्धव थापा धरान आउने सभापति पोखरेलले जानकारी दिए । पूर्व प्रधानमन्त्री देउवा यसअधि धरान उपमहानगर समितीको निमन्त्रणमा २०७६ भदौ २५ गते र २०७८ पुष २० गते धरान आएका थिए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद