शिक्षा

हिविसकस वोडिङ स्कुलमा वादविवाद प्रतियोगिता सम्पन्न

धरान: हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा अन्तर क्लास स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
“धन भन्दा विद्या ठूलो” भन्ने शीर्षकमा आयोजना गरीएको प्रतियोगितामा २४ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
प्रतियोगितामा जुनियर कक्षा ५,६, ७ बाट १२ जना सहभागी भएका थिए । जुनियर तर्फ कक्षा ७ की जिविका याक्सा प्रथम भएकी थिइन भने कक्षा ७ कै युमिना राई दोस्रो बनेकी थिइन भने कक्षा ५ का आरम्भ झा तेस्रो भएका थिए ।
सिनियर कक्षा ८,९,१० बाट सहभागी भएका १२ जना मध्येबाट कक्षा ८ की समिक्षा राई प्रथम भएकी थिइन भने कक्षा १० की दिविका राई दोस्रो भएकी छिन् । कक्षा ८ का सिदार्थ श्रेष्ठ तेस्रो भएका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा प्राथमिक कक्षा इन्चार्ज गिता राई, विज्ञान इन्चार्ज सपना शाह, नेपाली शिक्षिका कोपिला लिम्वु, इसिए संयोजक नयनराज राई रहेका थिए ।
कार्यक्रमको संचालन शिक्षिका प्रज्वलिता श्रेष्ठले गरेकी थिइन ।
विद्यार्थीहरुमा भएको क्षमतालाई प्रस्फुटन गर्न र उनीहरुलाई पढाईका अतिरीक्त अन्य कृयाकलापमा प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले वताए ।
विद्यार्थीहरुलाइ पढाईका साथ अतिरिक्त अन्य क्रियाकलापमा प्रोत्साहन गर्नको लागि आगामी पुष दोस्रो साता जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरीन लागेको पनि निर्देशक राईले जानकारी दिएका छन ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई