मनोरञ्जन समाचार

होली गार्डेन एकेडेमीका बिद्यार्थीहरुले हेरे पुर्ण बहादुरको सारङ्गी चलचित्र


धरान -१ स्थित होली गार्डेन एकेडेमीका शिक्षक सहित बिद्यार्थीहरुले बुधबार चलचित्र पुर्ण बहादुरको सारङ्गी हेरेका छन। फ्रेन्ड्स सिनेमा धरानमा स्कुलले सिनेमा हल सम्म बिद्यार्थीहरुलाई लान र ल्याउन बसको ब्यबस्था मिलाएको थियो।
ग्रामीण परिबेसमा आधारित ठेट नेपाली चलचित्र भएकाले ग्रामीण जनजीवनबारे बुझुन भनेर बिद्यार्थीहरुलाई सिनेमा हेराउन लगिएको एकेडेमीका प्रीन्सिपल राजेन्द्र गुरुङ्ले जानकारी दिनु भयो। आफ्ना सन्तानलाई हुर्काउन आमा-बुवाले कति धेरै मिहिनेत गरेको हुन्छ र छोराले पनि बाउको दु:ख बुझेर मिहिनेत गरेमा उज्ज्वल भबिष्य हुन्छ भनेर बाबु-छोराबीचको सम्बन्धलाई देखाउन खोजेको चलचित्र हेरिसकेपछि प्रीन्सिपल गुरुङ्ले प्रतिक्रिया दिनु भयो।
सारङ्गी चलचित्रले सहरिया परिबेसका बिद्यार्थीहरुलाई ग्रामिण परिबेसबारे बुझ्न सजिलो भएको एकेडेमीका शिक्षक दामोदर अधिकारीले बताउनु भयो।
अन्य चलचित्र भन्दा फरक किसिमको राम्रो लागेको छात्रा रिम्छिन शेर्पाले बताईन। पुर्ण बहादुरको सारङ्गीबारे धेरै सुनेको र चलचित्र हेरिसके पछि धेरै राम्रो लागेको अर्की छात्रा सुमेधा घिमिरेले बताईन।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता