मनोरञ्जन समाचार

निराजन युवा क्लवद्वारा “प्रथम निराजन साँगितिक साँझ”

धरान: निराजन युवा क्लब धरान १५ को आयोजनामा प्रथम निराजन साँगितिक साँझ २०८१ सम्पन्न भएको छ ।

धरान १५ निराजन टोलमा रहेका प्रतिभाहरुलाई प्रदर्शन र प्रवर्द्धन गर्न उक्त साँगितिक साँझ आयोजना गरिएको हो ।

शनिबार आयोजित साझमा स्थानीय कलाकारहरुले नृत्य, गायन, खेलाडीहरुले कराते काता प्रदर्शन गरे । भने चर्चित गायक प्रथम नेपाली तारा दिपक लिम्बुले आफनो चर्चित गीतहरु प्रस्तुत गरे भने गरिमा डान्स सेन्टर धरानले देश भक्ति, फिल्मी, मोर्डनलगायतको नृत्य प्रस्तुत गरे । यसैगरी गायिका एवं कोरियोग्राफर अन्जु राई, गायक तथा खेलाडी सन्तोष लिम्बू, द ट्राई व्यान्ड, रक स्टोन व्यान्डले गीत प्रस्तुत गरे।

क्लबको अध्यक्ष सन्जु राई (सुमित्रा)को सभापतित्व तथा धरान १५ नंबर वडा अध्यक्ष नरेशकुमार ईवारमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निराजन टोलका कलाकार तथा खेलाडीहरुलाई सम्मान गरिएको छ।

सम्मानित हुनेहरुमा धरान डान्सिङ आईडल सीजन ४ को विजेता आरजु राई तथा नवौं अन्तराष्टिय कराते प्रतियोगितका स्वर्ण पदक बिजेताहरु नम राई, सुप्रिया राई, प्रभास मगर, तेस्रो कोशी प्रदेश स्तरीय कराते च्याम्पियनशीप स्वण पदक विजेताहरु निकाशन राई, रुवेन लामगादे, रोनिश कार्की, अंशियन मगर, रुसु मगर र कराते कोच दिपा लिम्बु रहेको छ। उनीहरूलाई क्लबको अध्यक्ष सन्जु राई र वडा अध्यक्ष नरेश ईवारमले खदा र सम्मान पत्रले सम्मान गरेको हो।

सचेत र सृजनशील युवा राष्ट्रको आवश्यकता नाराको साथ कार्यक्रम धरान १५ निराजन टोल स्थीत निराजन मार्गमा भएको हो।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता