शिक्षा

शिक्षा ऐन अनुसार विद्यालयहरूले छात्रवृत्ति दिए नदिएको अनुगमन गर्दै नेबिसंघ

धरान: नेपाल विद्यार्थी सङ्घले धरानमा रहेको विद्मालयहरुको आईताबार देखि अनुगमन सुरु गरेको छ। धरान- ९ मा रहेको बिष्णु मेमोरियल स्कुलमा अनुगन गरेका छन।

शिक्षा ऐन अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरेको छ छैन भन्ने विषयमा अनुगमन सुरु गरेको छ । शिक्षा ऐन २०७५ अनुसार ५०० विद्यार्थी सङ्ख्या भएको विद्यालयले कम्तीमा पनि १० प्रतिशत छात्रवृत्ति प्रदान गरिनु पर्दछ । ५ सय देखि ८ सय सम्म भए १२ प्रतिशत र ८ सय माथि भए १५ प्रतिशत अनिवार्य छात्रवृत्ति दिनुपर्ने व्यवस्था रहेको छ ।

धरानमा नेविसंघ केन्द्रीय सदस्य सङ्गीता बाहिङ राईको नेतृत्वमा विद्यालय अनुगमन अभियानको रूपमा सुरु गरिएको हो । उनका अनुसार देशव्यापी रूपमा नेबिसंघ केन्द्रीय समितिले ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान सञ्चालन गरेको बताइन् ।

राईको नेतृत्वमा अनुगमन गर्न विद्मार्थी प्रतिनिधि टोली विष्णु मेमोरियल स्कुलमा पुगे पछि स्कुलमा विद्यार्थी सङ्ख्या १२ सय बढी रहेकोमा छात्रवृत्ति १० प्रतिशत दिएको विद्यालयका प्रधानाध्यापक निलमकुमार श्रेष्ठले बताए ।

अनुगमनमा पुगेका विद्मार्थीहरुले विद्यालयसँग डाटा माग्दा डाटा दिन सकेनन् ।’ छात्रवृत्ति दिएको डाटा नभएको अवस्थामा छात्रवृत्ति दिइएको भनी विश्वास गर्न नसकिने राईले बताईन ।

प्रीन्सीपल निलम कुमार श्रेष्ठले अचानक अनुगमन आएका कारण तत्काल तथ्याङ्क अपडेट गर्न नसकिएको बताए । उनका अनुसार छात्रवृत्ति प्रदान गर्ने प्रक्रियाका बारेमा स्थानीय सरकार, प्याब्सन, एनप्याब्सन बिच छलफल भइरहेकाले पनि कति प्रतिशत बढाउने कुरा टुङ्गो नलागेको अनुगमन टोलीलाई जानकारी दिए ।

ऐन अनुसार प्राईभेट स्कुलहरुले उपलब्ध नगरेको स्वीकार गर्दै यो विषयमा गम्भीर भएको बताउदै नेबिसंघको यो अभियान सकरात्मक रहेको र यो अभियानलाई निरन्तर दिन आग्रह गरेका छन। छात्रवृति पाएका विद्मार्थीहरुको तथ्याङ्क ३ दिन भित्र उपलब्ध गराउने बताएका छन।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई