धरानः आज शुक्रवार नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाको वाड नम्बर १५ मादेव चोकमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरी आयोजना र धरान – १५ वडा समितीको व्यावस्थापनमा कार्यक्रम भएको थियो।
वडा सभापती डम्बर बहादुर गुरुङको अध्यक्षतामा भएको
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले शुभकामना व्यक्त गर्दै तिज हिन्दु धर्मवालम्बीहरुको भए पनि आज सबै जाती, धर्म र समुदायहरुको साझा पर्व भएको छ, सबै जाती धर्म मान्नेहरु मिलेर राष्ट्रीय पर्बको रुपमा मनाई रहेको बताएका छन।
कार्यक्रमाका विशेष अतिथी क्षेत्रीय सभापति तामाङले हरितालिका तीज हिन्दु नारीहरुको चाड भएतापनि पछिल्लो समय आम नारीको साझा चाड भएको तर महंगो र भड्किलो बन्दै गएको तथा महंगो महंगो पाटी प्यालेस र होटलमा चर्को प्रवेश शुल्क लिएर तीज मनाइन थालेपछि तीज पर्व निम्न वर्गका महिलाहरुको पहुंच भन्दा पर हुंदै गएको भन्दै टोल वस्तीभित्र सबै वर्गका महिलाहरुले तीज पर्वलाई रमाउन सकुन् भनेर समुदायस्तरमा तीज पर्वलाई पुर्याउन समुदायमा आधारित तीज विशेष कार्यक्रम गरिएको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले सबै जात जाती भाषा धर्मको संरक्षण गर्दै अधिकार प्राप्तीको नेतृत्व नेपाली काँग्रेस गरेको बताउदै हरितालिका तिज मनाई रहेका दिदी बहिनीहरुलाई शुभकामना व्यक्त गरेका छन ।
समुदायमा आधारित तिज विशेष कार्यक्रममा महिला दिदी बहिनीहरुको उल्लेखिए उपस्थीती रहेको थियो। उनीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए। उक्त कर्यक्रमको संचालन क्षेत्रीय सह सचिव सुमित राईले गरेका थिए।