धरान: धरान उपमहानगरपालिका ८ नम्बर वडा समितिले
महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आज शनिवार लाङ्घाली सामुदायिक बनको सभाहलमा सामुहिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
नृत्य प्रतियोगीतामा ८ नम्बर वडा भित्र रहेको टोल बिकाश संस्थाहरु बाट नौ वटा समुह सहभागी भएका थिए। सो प्रतियोगितामा दुर्गापथ टोल विकास संस्था प्रथम, सभागृह टोल विकास संस्था दोस्रो, संयुक्त टोल विकास संस्था तेस्रो र बरगाछी टोल विकास संस्थाले चौथो स्थान प्राप्त गरेको थियो। नजिता निर्णयक सन्तोष तामाङले घोषणा गरेको थियो।
कार्यक्रममा कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार प्रमुख अतिथि रहेकी थिइन् । उनले भनिन्, “तीज भनेको दिदीबहिनी र माइतीहरुको बीचको सम्बन्ध रहेको चाड हो । दिदीबहिनी रमाउँदा माइतीहरु पनि रमाउनु पर्छ । तीजमा श्रमिक महिलाहरु पनि रमाउन पाउनु पर्नेमा जोड दीएकि छिन।
धरान ८ नम्बर वडा समितिका अध्यक्ष धनबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद रमेश बस्नेत, बिजय राई, पूर्व सांसद उमिता बराइली, एमाले नेता नारायण सुवेदी, एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ, काँग्रेस धरान नगर सभापति श्याम पोख्रेल, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ताजुब लिम्बु, महिला सञ्जाल धरानकी अध्यक्ष सपना राई, पूर्वअध्यक्ष सबिता राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सावित्रा परियार लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा वडा कार्यालयकी कर्मचारी अनिता राईले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा वडाका महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
भिडियो पनि हेर्नुस: