समाज

तामाङ समुदायले आफ्नो जात भन्न र लेख्न पाएको दिन, पहिचान दिवस मनाए

धरान: बिहिवार धरानको भानुचोकमा दिप प्रज्वलन गरेर तामाङ समुदायले ९२ औँ तामाङ पहिचान दिवस मनाएका छन।

नेपाल तामाङ घेदुङ संघ धरान नगर समितीको आयोजनामा सो कार्यक्रम गरिएको हो। नेपाल तामङ घेदुङ संघ सुनसरीका जिल्ला सचिव मंगल सिंह तामाङले तत्कालिन राज्य सत्ताले तामाङ समुदायले तामाङ भन्न लेख्न नपाउने उपनाम भोटे, मुरमी, टोके र बुके भनेर बोलाउने चलन थियो।

राणा शासन श्री ३ जंग बहादुरको पालाको मुलुकी ऐनले तामाङ जातिलाई मारे पनि कानुन नलाग्ने थियो। श्री ३ भिम सम्शेर प्रधानमन्त्री भए पछि जंग वीर लामाको नेतृत्वमा हामीले तामाङ जात लेख्न पाँउ भनी निवेदन चढाए पछि श्री ३ भिम सम्शेरले १९८९ भदौ ६ गते बाट तामाङ लेख्न, भन्न र अन्य समुदाय सोसरह बस्न पाउने कानुन बनाएपछि तामाङ जातित्व नाम प्राप्त गरेको दिनलाई तामाङ पहिचान दिवशको रुपमा मनाउदै आएको सचिव तामाङले बताए।

उनका अनुसार गएका बर्षहरुमा कार्यलयको कोठा भित्र मनाउदै आएको र यस पटक बाट सार्बजनिक स्थलमा तामाङ पहिचान दिवस मनाउन थालेको हो।

तामाङ समुदायको अग्रज र नेपाल तामाङ संघका जिल्ला नगरका पदाधिकारीहरुको उपस्थीतिमा दिप प्रज्वलन गर्दै तामाङ सेलोमा नृत्य प्रस्तुत गर्दै तामाङ पहिचान दिवस मनाएका थिए।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले