धरान विशेष

खानेपानी निशुल्क दिने भन्दै मेयर जितेका साम्पाङले महशुल बढाउनु नैतिकताले दिदैन: १० दल

धरान: शनिवार १० राजनैतिक दलद्वारा धरान १५ श्यामचोकमा कोणसभा आयोजना गर्दै खानेपानी महशुल बृद्विको बिरोध गरेका छन।

धरान खानेपानी बोर्डले साउन १ गते देखि लागू हुने गरि खानेपानी महशुल बृद्वी गरे पछि ११ गते देखि धरानका १० राजनैतिक दल आन्दोलनमा रहेको छ।

धरान १५ श्यामचोकको कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्रीय सभापती सुजेन्द्र गोलेले खानेपानी बोर्डनै गैरकानुनी ढंगबाट संचालन छ मेयर साम्पाङलाई कानुनी रुपमा बोर्डले चिन्दैन यस्तो अवस्थामा मेयरले अबैधानिक तरिकाले खानेपानीको महशुल बढाउनु गैरकानुनी हो।

खानेपानीको महशुल रु २० मात्र बढाएको भन्दै जनतामा भ्रम फैलाउदै छन तर साउन महिनाको बिलको रकम बुझाउदा जनताले थाहा पाईसकेको छ कुरा रु २० को संगै ६ शिर्षकमा बढेको बृद्वीको पनि हो । पुर्बाञ्चल इन्जिनरीङ क्याम्पसमा अघिलो महिना १ लाख बिल आउने गरेको अहिले ३/४ लाख बिल आएको भन्ने सुनिन्दैछ, मेरै छिमेकमा ३ सय आउने गरेको साउन महिनाको ७ सयको बिल आएको गोलेले बताएका छन।

मेयरले धराने जनतालाई भ्रममा राखेको हरेक बिषय आफै पर्दाफास हुँदै छ साम्पाङलाई सच्चिन चुनौती दिदै २ सय ५० बर्ष लामो शासन गरेको राजतन्त्र यहि जनताले फालेको स्मरण गराउदै मेयरको रबैया रहिरहे ८४ अगाडि नै सडकमा जनताले पछार्ने र अब स्वतन्त्रले धरानमा चुनाव नजित्ने गोलेले बताएका छन।

ऐमाले सुनसरी जिल्ला सद्स्य नारायण सुवेदीले भने अघिलो मेयरहरुले हरेक बर्ष खानेपानी बोर्डको ॠण तिर्दै आएको अनि मेयर साम्पाङले के कारणले ॠणको किस्ता नतिरेको भन्दै प्रश्न गरेका छन।

खानेपानी सरसफाई महशुल निर्धारण आयोगले दुई दुई पटक महशुल नबढाउन पठाएको पत्रको मेयरले अवेज्ञा गरेको जानकारी दिदै कानुन भन्दा माथी कोहिपनी नरहेको त्यो पत्रलाई र धराने जनताको मागलाई तुरुन्त लागू गर्नुस जनताको धैयताको बाध फुटेको भन्दै अब चुप लागेर नबस्ने बताएका छन।

टिनको छाना हुनेलाई खानेपानीको मिटर नदिने मेयरले भन्दैछन रे के टिनको छाना मुनि बस्ने जनता चाहिँ धराने जनता हैन ? हिजो धराने जनतालाई निशुल्क पानी खुवाउने भन्दै मेयरमा निर्वाचित हुनु भयो अनि कुन नैतिकताले खानेपानीको महशुल बढाउदै हुनुहुन्छ भन्दै सुवेदीले प्रश्न गरे।

नागारिक उन्मुक्ती पार्टीका प्रदेश ईन्चार्ज देउमान लिम्बुले मेयर साम्पाङको अभियानमा ७ लाख भन्दा बढी रकम जुटाएको स्मरण गर्दै बिना उपलब्धीको कार्यमा सहयोग गरेको भन्दै मेयरलाई सच्चिन आग्रह गर्दै खानेपानीको महशुल भन्दा पनि खानेपानी बोर्ड नियम संगत चल्नु पर्छ भन्नेमा जोड दिएका छन।

रास्वपा धरानका नगर सदस्य ठाकुर बहादुर कार्कीले मेयरले खानेपानी बोर्डमा नियुक्ती गरेको कर्मचारी हटाउनु उसको ठाउमा म निशुल्क श्रमदान गर्छु कर्मचारीलाई दिने पैसाले ॠण तिरौ भन्दै चुनौती दिएका छन।

आईताबार पनि १० दलले नगरपालिकामा धर्ना दिने कार्यक्रम सार्बजनिक गरेका छन। मेयर सम्पाङले भने ११ बजे बार्तामा बोलाएका छन। आन्दोलनरत दल रास्वपाका धरान नगर अध्यक्ष सुमन श्रेष्ठले मेयरको आधिकारिक पत्र नआए सम्म बार्तामा बस्नुको औचित्य नरहने जानकारी दिएका छन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।