धरान: आज बिहिबार पुन खानेपानी बिल काउन्टरमा धराने युवाहरुले तालाबन्दी गरिएको छ।
धरानका १० दलले खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल शुल्क खारेज गरी पुरानै दर कायम गर्न माग राखेर सोमबार बिहान धरान-१५, धरान-१६ र धरान-११ स्थित बिल काउन्टरमा तालाबन्दी गरिएको थियो।
उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न र ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश दिएपछि दलहरूले बुधबार ताला खोलेका हुन् । दलहरुले खानेपानी बोर्ड कार्यालयमा पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखामा लगाएको ताला खोलेका थिए । त्यसपछि वडा ११, १६ र १५ मा रहेको बिल काउण्टरमा लगाएको ताला पनि खोलेका छन् ।
धराने जनताको ढाड सेक्ने गरि बढाएको खानेपानी महशुल बृद्वि घटाएर पुरानै दर रेट कायम नगरे सम्म तालाबन्दी नखोल्ने र खानेपानी महशुल नतिर्न धरानबासीलाई आम धराने युवाहरुले अपिल गरेका छन। आन्दोलनरत १० दल भने नगरपालिकामा धर्नामा छन।