धरान: विपि प्रतिष्ठान धरानमा उपचार गर्न गएकी सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण गरेको आरोपमा पक्राउ परेका पाँच जना महिलाहरु आइतबार रिहा भएका छन।
पक्राउ परेका १८ औं दिनमा ५ जना महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले जनही १० हजार धरौटीमा रिहा गरेको हो । धरौटीमा रिहा हुनेहरु वीपी प्रतिष्ठानबाट पक्राउ परेका मुना राई, समिक्षा राई, चन्द्रकला थेवे, उर्मिला राई, र सकिनी थापा मगर हुन् ।
जम्मा पक्राउ परेकाहरु ९ जना मध्य समिर तामाङ, पुर्ण वान्तवा, संगीता राई र सृर्जना बेघा भने अदालती प्रक्रियाबाट छुट्नु पर्ने भएकोले आज ढिलाई भएको रिहाईको लागि आन्दोलनको नेतृत्व गरिरहेका जेन्टल लावतीले बताए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलामाथि आक्रमण प्रयासको आरोपमा असार २ गते पाँच जना पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो ।
पक्राउ परेका महिला रिहाई गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा घेराउ गर्ने क्रममा गेट हल्लाउने, लातीले हान्ने गरेपछि प्रहरीले थप ४ जनालाई पक्राउ गरेको थियो । समिर तामाङसहित चार जनालाई प्रहरीले आपराधिक उपद्रको कसुरमा मुद्दा चलाएको थियो ।
जिल्ला प्रहरी कार्यालयले धरानमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा धमलाले जनप्रतिनिधिले पैसा लिएर नागरिकता सिफारिश गरेको सुचना आफुले पाएको भन्दै सच्चिन आग्रह गरेकी थिइन् । साथै उनले धरानमा यौनधन्दा बढेको भन्दै पहाडबाट आएकी एक विद्यार्थीसँग आफ्नो कुरा हुँदा पार्टटाइम काम गर्ने गरेको बताएकी थिइन् । यहि विषयको प्रमाण मेयर हर्क साम्पाङले माग्दै कार्यलयमा बोलाए पछि धरानमा विबाद सुरु भएको थियो।
भिडियो: