धरान विशेष

महशुल बृद्वी विरुद्व खानेपानी बोर्डको कार्यलयमा १० दलद्वारा धर्ना र तालाबन्दी

धरान खानेपानी बोर्डले अवैधानिक रूपमा खानेपानीको महशुल वृद्धि गरेको भन्दै खारेज गरी पुरानै दरमा कायम गर्न माग गर्दै धरानका १० राजनैतिक दलहरू आन्दोलित भएका छन।

दलहरुले यस अघि ज्ञापन पत्र बुजाउदै ७२ घण्टाको अल्टीमेटम दिएका थिए। सो समयमा कुनै सुनाई नभए पछि दोस्रो चरणको आन्दोलन अन्तरगत बिहीबार अन्तरक्रिया कार्यक्रम गर्दै दलहरूले आन्दोलन दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेका थिए।

आज आईतवार खानेपानी संस्थानको कार्यलयमा धर्ना दिने पुर्व घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत हजारौ जनताको सहभागीतामा कार्यलय घेराउ गरेका छन। धरानको सिंहदेवी चोक बाट निस्केको १० राजनैतिक दलको र्‍याली छाताचोक बाट कोशी राजमार्ग हुँदै लक्ष्मी चोकबाट धरान १६ मा रहेको खानेपानी बोर्डको कार्यलयमा पुगेर कार्यलयमा २ घण्टा घेराउ गरेका थिए।

जुलुस सहित पुगेका राजनिती दलका प्रतिनिधीहरुले खानेपानी बोर्डको अध्यक्ष, कार्यकारी प्रमुख र आर्थिक शाखाको कार्यलयमा तालाबन्दी गरेका छन। ताल्चा लगाए पछि नेपाली काँग्रेसका नगर सभापती श्याम पोखरेलले स्वघोषित खानेपानी बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनिती दल र जनप्रतिनिधीहरुलाई हेपेको जनताका माग सुनुवाई नगरेको बताउदै बिना सहमती ताल्चा खोलिए त्यसपछि हुने परिस्थीतीको जिम्मा खोल्नेले लिनु पर्ने चेतवानी दिएका छन।

नेकपा ऐमाले धरानका अध्यक्ष हर्क जङ एभेङले भने धरान खानेपानी बोर्ड अहिले गैरकानुनी रुपमा संचालन भएकोले महशुल बृद्वी गर्नु असबैधानिक भएको बताउदै १० दिन सम्म स्वघोषित अध्यक्षले धरानको राजनैतिक दल र जनताको मागलाई व्यवास्था गरेकोले आज कार्यलयमा तालाबन्दी गर्न बाध्य भएको र भोलि बिहान १० बजे सम्म कुनै प्रतिकृया नदिए चरम बद्व आन्दोलन गर्ने जानकारी गराए।

पुर्ब संघीय सांसद जयकुमार राईले बिगतमा अहिलेका मेयर साम्पाङ्ले खानेपानी महशुल बढी भएको भन्दै आन्दोलन गरेको आफू मेयर र स्वघोषित बोर्डको अध्यक्ष भए पछि जनताको ढाड सेक्ने गरि मूल्य बृद्वी गरेकोले आफ्नो अडानमा समेत रहन नसकेको, धराने जनता र राजनैतिक दललाई कमजोर नसोच्न आग्रह गर्दै २ सय बर्ष लामो शासन गरेका राजतन्त्र यहि दलले फ्याकेको स्मरण गराउदै मेयरलाई सचिन सुझाव दिदै अब जनताको धैर्यता टुटेको बताए।

माओवदीकेन्द्र धरान नगर इन्चार्ज चोत्लुङले आजको धर्ना कार्यक्रममा मेयर सम्पाङको कोकाहा खानेपानी अभियानमा पाईप बोकेर काध पिल्साएका र आर्थिक सहयोग गर्ने व्यक्तीहरु पनि आएको र राम्रो काममा साथ र नराम्रो काममा बिरोध गर्ने जनताको सोच बिकास भएको बताउदै ऋण तिर्न महशुल बढाएको भन्ने स्वघोषित बोर्डका अध्यक्ष साम्पाङलाई प्रश्न गर्दै खानेपानी संस्थानको १ करोड लिटर र आयोजनाबाट १ करोड लिटर पानी आउँछ धराने जनताको धारामा १ करोड ३० लाख लिटर पानी जान्छ बाँकी ७० लाख लिटर पानी काँहा जान्छ ? त्यो पनि खोजी गरेर त्यसको महशुलले ऋण तिर्न सुझाव दिएका छन।

हजारौको संख्यामा सहभागी भएका जनताले खानेपानीको महशुल पुरानै रेट कायम गर, पानी दिन नसक्नेले राजिनामा दे, खानेपानीको नाममा उठाएको रकम हिसाब सार्बजनिक गर, जनता मार्न पाईन्दैन, ९९०० प्रतिशत मूल्य बृद्वी गर्न पाईन्दैन भन्ने प्लेट कार्ड बोकेर र्‍यालीमा सहभागी भएका थिए।

भिडियो:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।