धरान-१६ स्थित यु.एन.नबोदय कलेजले त्रिभुवन विश्वबिद्यालयले लिएको बि.एच.एम.चौथो सेमेष्टरको परीक्षामा धरान, टपर, सेकेन्ड र थर्ड टपर हुने बिद्यार्थीलाई नगद सहित सम्मान गरेको छ।
कलेजमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो।सम्मानित हुनेहरुमा धरान टपर हुने क्रमश: रोमन लिम्बु र सन्ध्या थेगिम लिम्बु रहेका छन। उनीहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठले नगद जनही १०/१० हजार सहित सम्मान- पत्र, अबिर र खदाले सम्मान गरे। रोमन र सन्ध्याले बराबर जिपिए ३ दशमलब ८१ प्राप्त गरेका छन।
धरान सेकेण्ड टपर रोयल राई भए भने थर्ड टपर सागर तामाङ भए। उनीहरुलाई कलेजका पब्लिक रिलेसन अफिसर राम बहादुर लिम्बू र अध्यापक सृजना लिम्बुले क्रमश: ५ हजार र ३ हजार नगद सहित अबिर र खदा लगाएर सम्मान गरे। रोयल र सागरले क्रमश: ३ दशमलव ७९ र ३ दशमलव ७७ जिपिए प्राप्त गरेका छन।
सम्मान पछि क्याम्पस प्रमुख तुम्बापोले बधाई दिदै यस अघि यु.एन. कलेजबाट धरान टपर, जिल्ला टपर, प्रदेस टपर र नेपाल सेकेन्ड टपर सम्म भएको हुदा आगामी दिनमा होटल म्यानेजमेन्टमा नेपाल टपर बन्ने गरि मिहिनेत गर्न बिद्यार्थीहरुलाई आग्रह गरे। उनले भने-“मिहिनेत गरेर नेपाल टपर हुनु त्यसपछि ५० हजार नगद पुरस्कार दिन कलेज आत्तुर छ”।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कार्यक्रम समापन गर्दै पुरस्कृत बिद्यार्थीहरुलाई बधाई ब्यक्त गरे।कार्यक्रमको संचालन अध्यापक अनिमेष बास्तोलाले गरे।