अपराध

सञ्चारकर्मी धमलामाथी आक्रमण गर्ने ७ जना सार्वजनिक, अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता


धरान: सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण भएको भनिएको घटनामा पक्राउ पर्ने  ७ जनालाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ। 

हिजो बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागमा एक्स रे गर्न पुगेकी धमलालाई केही महिलाहरुले आक्रमणको प्रयास गरेका थिए।आक्रमणमा संलग्नविरुद्ध धमलाले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको र अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ गरिएका थियो। पक्राउ गरेका ७ जनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

सो घटनामा संलग्न भएको भन्दै प्रहरीले धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान १९ की ३४ वर्षीय मुना राई, धरान १७ की ५६ वर्षीय प्रमिला राई, धरान ११ की ४५ वर्षीय शर्मिला राई,  धरान १ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान १७ की ४० वर्षीय पूर्ण वान्तावा राई र ३५ वर्षीय सिर्जना बेघालाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटनामा हिजो नै ५ जना महिलाहरुलाई वीपी प्रतिष्ठानबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो । आज बिहान पुनः सृर्जना बेघालाई ग्रीन टि पसलबाट प्रहरीले पक्राउ गरेको थियो भने पुर्ण वान्तवालाई माछा भौडीबाट पक्राउ गरेर इनरुवा लगेको थियो । पक्राउ पर्नेहरु सबै मेयर हर्क साम्पाङका समर्थकहरु हुन् ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ