अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ


बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ परेका छन् ।

प्रहरीले आज विहानै धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघालाई पक्राउ गरेको हो । उक्त ग्रीन टि मेयर हर्क साम्पाङ र उनका समर्थकहरु बिहान-बेलुका भेला हुने ठाउँ हो । हिजो बीपी हस्पिटलको रेडियोलोजी विभागमा एक्स रे गर्न पालो पर्खिरहेको बेला महिलाहरुको समूहले आफुलाई आक्रमण भएको धमलाको दाबी छ।

उक्त घटना लगत्तै पाँच जनालाई प्रहरीले हिजो नै पक्राउ गरेको थियो । उनीहरूलाई तत्काल रिहाइको माग गर्दै मेयर साम्पाङका समर्थकहरुले ईलाका प्रहरी कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए भने आधाघण्टा भानुचोकमा चक्काजाम पनि गरेका थिए ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल