समाज

धरानका मेयर र सञ्चारकर्मी धमालाको बिषयमा पत्रकार महासंघद्वारा प्रेस विज्ञप्ति जारी


नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै धरानका मेयर हर्क साम्पाङ र सञ्चारकर्मी सञ्चिता धमलाको घटनालाई ‘प्रेस विरोधी हर्कत’ भएको बताएको छ ।

वक्तव्यमा भनिएको छ बताउँदै ‘यस्ता हर्कतले ‘पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासङ्घको ठहर छ ।’

विज्ञप्तिमा पत्रकार महासङ्घ कोशी प्रदेश समितिले ‘नगर प्रमुख राईकै निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले सत्यतत्थ नबुझी सञ्चारकर्मी धमलामाथि हमला गर्दा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको’ जनाएको कुरा उल्लेख छ ।

उक्त घट्नाका बारेमा धरानका पत्रकारहरूले इलाका प्रहरीमा गएर आपत्ति जनाएका थिए ।

सुनसरी जिल्ला स्थित प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनले छानबिनको माग गर्दै विज्ञप्ति जारी गरेको थियो ।

पत्रकार महासङ्घ सुनसरीले भने आधिकारिक रूपमा वक्तव्य जारी गरेको थिएन ।


छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले