धरान विशेष

धरानका ५ राजनैतिक दलले मेयर साम्पाङलाई कार्यकक्ष जनमैत्री बनाउन आग्रह

धरान: शुक्रबार सञ्चारकर्मी सन्जीता धमलालाई नगर प्रमुखको निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीको टोलीले नगर प्रमुखको कार्यलमा हातपात र लछार पछार गर्दै दुर्व्यवहार गरी अपमान पुर्णढंगले पक्राउको प्रयास गरेकोमा धरानका मुख्य ५ राजनैतिक दलले आपत्ति जनाएका छ्न।

मेयर हर्क साम्पाङलाई उपमहानगरपालिका कार्यालयलाई जनमैत्री बनाउन, कार्यशैली र आचरण सुधारको लागि विज्ञप्ती मार्फत आग्रह गरेका छ्न।


विज्ञप्तिमा निर्वाचित मेयर साम्पाङले एउटा निहत्था महिलामाथि आफ्नै कार्यकक्षमा बोलाएर गरेको निन्दनीय र अभद्र व्यवहारले आम धराने जनताको इज्जत प्रतिष्ठा माथि आँच पुर्‍याएको उल्लेख छ ।

मेयर पदमा निर्वाचित भए देखी साम्पाङले जनताको मतद्वारा निर्वाचित जन प्रतिनिधि, आफ्नो कुरा राख्न पाउने हरेक नागरिकको अधिकार बन्देज गर्ने प्रयास पटक पटक भएको उल्लेख गर्दै वक्तव्यमा नगर प्रमुखबाट भइरहेका यस्ता अराजक तथा अभद्र व्यवहारले उनी गम्भीर र जिम्मेवार नभएको  औँल्याइएको छ ।

राजनैतिक दलहरूले घटनामा संलग्न दोषी उपर कारबाहीको लागी सम्बन्धित निकायलाई अनुरोध समेत  गरेका छन्

नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज), जनता समाजवादी धरान अध्यक्ष ताजुव लिम्बु, नेकपा (एकीकृत समाजवादी) धरान अध्यक्ष रेवती रमण राईद्वारा शनिवार संयुक्त विज्ञप्ति जारी गरेको हो।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।