धरान विशेष

मेयर साम्पाङको कार्यकक्षमा महिला पत्रकारलाई दुर्व्यबहार गरिएको घट्नामा छानबिन समिति गठन

धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मी सञ्चिता धमलालाई  प्रहरीले हातपात गरी लछार पछार गरेको घट्नाको छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी रामचन्द्रले तिवारीले छानबिन समिति गठन गरेका छन् ।

मेयर साम्पाङले नेपाल प्रहरी बोलाएर धमलालाई कार्यकक्ष बाहिर निकाल्न आदेश दिएका थिए । महिला नेपाल प्रहरी र नगर प्रहरीले धमलालाई बलजफ्ती बाहिर निकालेका थिए । त्यसक्रममा धमलाको हात, पाखुरामा चोट लागेको छ । आफैले बोलाएर आएका नागरिकलाई मेयर साम्पाङले प्रहरी बोलाएर बलजफ्ती निकालेको भन्दै चर्को आलोचना पनि भैरहेको छ । साथै तानाशाही तरिकाले पत्रकारको आवाज दमन गर्न खोजेको आरोप पनि मेयर साम्पाङलाई लागेको छ । जनताको प्रश्न सुन्न नसक्ने र प्रश्न गर्नेलाई दमन गर्ने आरोप मेयर साम्पाङलाई लाग्दै आएको छ ।

उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी नविनकृष्ण भण्डारी धरान आएका थिए । पत्रकार महासंघ सुनसरीको टोली पनि इलाका प्रहरी कार्यालय पुगेको थियोे । उक्त घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले एक समिति गठन गरेको बताएको छ । समिति संयोजक सहायक प्रजिअ वेदराज फुयाल, सदस्यहरुमा डिएसपी भण्डारी र जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रहेका छन् ।

घटना लगत्तै नेपाल पत्रकार महासङ्घ सुनसरीका सचिव ध्रुव ढकालको नेतृत्वमा इलाका प्रहरी कार्यालयमा पुगेको सञ्चारकर्मीहरूसँग जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाबाट आएका डिएसपी प्रवक्ता नवीनराज भण्डारीले घट्नाको जानकारी लिएका थिए ।

उनले घट्नाको छानबिन गरेर दोषीलाई कानुनको दायरामा ल्याउन आज नै जिल्ला स्तरीय छानबिन समिति गठन हुने बताएका थिए । उनले भने ‘घट्नाको खबर पाए लगत्तै प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार पीडित पक्ष, संलग्न प्रहरीको विषयमा तथ्य बुझ्न आएको हुँ ।’

इलाका प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईको उपस्थितिमा सञ्चारकर्मीहरूसँग घटना विवरणको जानकारी लिँदै उनले घट्नामा इलाका प्रहरी अन्तर्गतका प्रहरीको संलग्न भएको देखिए छानबिनको दायरामा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राई पनि पर्न सक्ने बताए ।


पीडित सञ्चारकर्मी सञ्जिता धमलाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आदेशमा उनको कार्यकक्षमा प्रवेश गरी प्रहरी समेतले आफूलाई चोटपटक लाग्ने गरी हातपात गरेर लछार पछार गरेको जिल्ला प्रहरी कार्यालयबाट आएका डिएसपीलाई बयान दिएकी छन् ।

धमलालाई बुधवार भएको सार्वजनिक सुनवाइ कार्यक्रममा सोधेको प्रश्नको बारेमा मेयर साम्पाङ सामाजिक सञ्जालमा पटक पटक स्ट्याटस लेखेर बोलाएका थिए । उनले भनिन् ‘मेयर साबको इज्जतका लागि म उपमहानगरपालिका गएकी थिएँ ।’

प्रतिपश्च गर्दा उनले अभद्र भाषा प्रयोग गरेको उनले बताइन । सवाल जवाफकै क्रममा मेयर साम्पाङ ‘चेम्बर’ प्रवेश गरी इलाका प्रहरी कार्यालयबाट प्रहरी बोलाएको उनको भनाई छ ।

प्रहरी नगर प्रमुखको कक्षमा प्रवेश गर्ने बित्तिकै मेयर साम्पाङले ‘यसलाई घिसारेर बाहिर निकाल’ भनी आदेश दिएको धमलाको भनाई छ । उनले ‘मलाई निकाल्नु पर्दैन म आफै जान्छु’ भन्दा भन्दै सेण्डल पनि लगाउन नदिई कार्य कक्ष भित्रै हातपात गर्दा शरीर र हातमा चोट लागेको उनले बताइन । प्रहरी र नगर प्रहरी मिलेर उनलाई लछार पछार गरिएको थियो ।

हातपात लछार पछारबाट घाइते भएकी सञ्चारकर्मी धमलाको ‘घाउ जाँच’ आजै इलाका प्रहरी कार्यालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराएको छ । घट्नामा संलग्न दोषीलाई कारबाहीका लागि पीडित पक्षबाट आइतबार किटानी जाहेरी दर्ता गराइने भएको छ ।

पत्रकारहरुको विभिन्न संगठनहरुको संयुक्त विज्ञप्ती:

पत्रकारहरुको विभिन्न संगठनहरुले शुक्रबार  संयुक्त विज्ञपति जारी गर्दै मेयर साम्पाङले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले संयुक्त विज्ञपति जारी गर्दै सन्चारकर्मीलाई बोलाएर आफ्नै कार्यकक्षमा शक्तिको दुरुपयोग गरि दुर्व्यवहार गरेको उल्लेख गरेको छ ।

मेयरको निर्देशनकै आधारमा सत्य तथ्य नबुझी सन्चारकर्मी धमलामाथी नेपाल प्रहरीले दुर्व्यहार गर्दा चस्मा फुटेको र शरीरको विभिन्न भागमा चोटपटक लागेकोले आमनागरिकले प्रहरीको भरोसा कसरी गर्ने ? भन्ने प्रश्न पनि विज्ञप्तीमा गरिएको छ । साथै धमलामाथी भएको घटनाको छानबिन गरि दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ । कार्बाही नगरे पत्रकारहरु आन्दोलित हुने चेतावानी पनि दिएका छन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।