राजनिती

ओलीको नेतृत्वमा सरकार गठन गर्न, एमाले र काँग्रेसको सहमती

नेपाली काँग्रेस र नेकपा एमालेका नेता सभापति शेरबहादुर देउवा तथा केपी शर्मा ओली बिच सोमवार राती भएको नयाँ सत्ता गठबन्धनले नयाँ सरकार बनाउने प्रायः निश्चित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली हुनेछन् । गठबन्धनको सहमति आलोपालो अनुसार डेढ वर्षपछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । दुई पार्टी बिच संविधान संशोधन सम्मको विषयमा सहमति भएको मिडियाहरूले उल्लेख गरेको छ ।

निर्वाचन प्रणाली सहितका विषयमा संविधान संशोधन सुझाव आयोग बनाइने छ ।

सोमबार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि छन् ।

सहमतिको ड्राफ्ट तयार गर्ने एक कांग्रेस नेताले दिएको जानकारीअनुसार ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने’ पहिलो बुँदामा उल्लेख छ ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३