धरान: धरान-१२ स्थित पब्लिक हाई स्कुलबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएकी आकृती बराईली सुनसरी जिल्ला भरिका सामुदायिक बिद्यालयमध्ये छात्रातर्फ टप भएकी छिन।
नेपाल परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बिहिबार प्रकाशित गरेको नतिजा अनुसार आकृतिले ३ दशमलव ८६ जिपिए ल्याएर छात्रातर्फ जिल्ला टप भएकी हुन। देशभरिको नतिजा हेर्दा पब्लिकको रिजल्ट संतोषजनक नै रहेको प्रधानाध्यापक डा. इन्द्रमोहन झाले बताउनुभयो। पब्लिकबाट १८ जना ए प्लस सहित ८१.३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक झाले बताउनु भयो। आकृतिको रिजल्ट अपेक्षाकृत नै भएको र बिद्यालयको गौरब बढाएको प्र.अ.झाले बताउनु भयो।