मनोरञ्जन समाचार

एस.ई.ई.आईडलका फाईनलिस्ट रबिन्द्र श्रेष्ठलाई नवोदय बोर्डिङमा सम्मान

धरान: फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट रबिन्द्र श्रेष्ठलाई आईतबार आफुले एस.ई.ई.दिएको धरान-१६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङले  सम्मान  गरेको छ।

धरान-१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए। धरान १६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एस.ई.ई.आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष मुरारी भट्टराईले बताए। रबिन्द्रले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबै सग आग्रह गरे।

आफुलाइक भोट गर्नको लागि मोबाईलमा खल्ती एप डाउनलोड गरेर भोट गर्न मिल्ने जानकारी गराए। स्कुलले रबिन्द्र श्रेष्ठलाई जिताउ नामक ब्यानर सहित बाताबरण मिलाई दिए पछि रबिन्द्रलाई यो अवसर जुरेको हो। रबिन्द्रले गीत प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।

एस.ई.ई.आईडलका निर्देशक राम लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिए। कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षिका दिब्या सोनाम झाले गरिन।

एस.ई.ई.आईडलको फाईनल आगामी असार-७ गते शुक्रवार धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता