Uncategorized

इटहरीको सोल्टी होटेलमा ‘इष्टर्न ट्राभल मार्ट २०२४’ उद्घाटन

इटहरीमा शुक्रबारबाट स्टर्न ट्राभल मार्ट सुरु भएको छ। मार्टको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन।

जेठ २७ गतेसम्म चल्ने मार्टमा पहिलो दिन करिब तीन सय व्यवसायीहरू सहभागी भएका थिए। नेपाललगायत भारतको बिहार क्षेत्रबाट पनि ७५ जना व्यवसायी सहभागी भएको आयोजकले जनाएको छ।

जेठ २५ शुक्रवार देखि २७ गते आइतबार सम्म कोशी प्रदेशको लागि ट्राभल्स मार्ट सुरु भएको छ । विदेशी तथा स्वदेशी पर्यटन उद्यमी तथा अभियन्तालाई प्रदेशका महत्त्वपूर्ण पर्यटकीय स्थलको भ्रमण गराउँदै लगानीको वातावरण सृजना गर्ने पर्यटकीय प्रचार गर्ने उद्देश्य राखिएको छ ।

भारतको पश्चिम बङ्गाल, बिहार तथा सिक्किमका पर्यटकलाई मध्यनजर गर्दै मार्टको आयोजना गरिएको हो । मार्टको उद्घाटनपश्चात् सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सबैले आफ्ना कमजोरीहरू सच्याएर प्रदेशको भूमिका सफल बनाउन सबैले साथ दिन आग्रह गरे । नेपालको विकास गर्ने मुख्यतः पर्यटन र कृषिलाई बढाउनसके समृद्धि हुने मुख्यमन्त्री कार्कीले बताए ।

विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरू बिच प्रत्यक्ष संवाद मार्फत व्यवसायीक समझदारी बनाउने वातावरण सृजना गर्न लागिएको मार्टका संयोजक भविश कुमार श्रेष्ठले बताए । स्वदेश तथा विदेशका व्यवसायीहरूलाई प्याकेजमा सम्झौता गराउने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम तय गरिने उनको भनाइ छ ।

कार्यक्रममा सम्बोधन गर्दै उनले काँकडभिट्टा नाकामा देखिएको समस्याको कारण विदेशी पर्यटक भित्राउन समस्या भएको जानकारी गराए । भारतीय पर्यटकलाई स्थानीय सरकारले जबरजस्ती पार्किङ कर उठाउने गरेको गुनासो गर्दै उनले एकद्धार प्रणालीबाट भ्रमण अनुमतिको लागि प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

इस्टर्न ट्राभल्स मार्ट २०२४ का सचिव वासुदेव बरालका अनुसार नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारको संयुक्त लगानीमा मार्ट आयोजना भएको हो । पर्यटन बोर्डबाट ३० लाख र इटहरी उपमहानगरपालिकाको ३ लाख गरी ३३ लाख लगानीमा मार्ट सम्पन्न हुने उनले बताए ।

कोशी प्रदेशको समग्र उत्पादनलाई सीमावर्ती भारतीय सहरमा पुर्‍याउने उद्देश्यको साथ प्रदेशका महत्त्वपूर्ण व्यापारिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गराउन लागिएको सचिव बरालको दाबी छ ।

कार्यक्रममा कोशी प्रदेश सांसद् मीना श्रेष्ठ, पर्यटन वन तथा वातावरण मन्त्री नारायणबहादुर बुर्जा मगर, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर इटहरीको मेयर हेमकर्ण पौडेललगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा तीनजना होटल व्यवसायीलाई पनि सम्मानित गरिएको छ ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा