राजनिती

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशको अधिवेशन स्थगित

नेपाली कांग्रेस आवद्ध नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको कोशी प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र भने समन्वय र प्राविधिक कारण स्थगित भएको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन।

निर्वाचन समितीका संयोजक उत्तमसिंह थाङदेनले कोशी प्रदेश महासंघको पदाधिकारी चयनको लागि समन्वय, महासंघको विधि र प्राविधिक कारण स्थगित भएको बताएका छन। उनले सहमतिबाट नै होस भनेर अनेकौं प्रयास गर्दै गर्दा समय लम्बीए पछि प्रदेस भरी बाट आएका प्रतिनीहरु घर फर्किए ६० प्रतिशत प्रतिनिधि नभए पछि निर्वाचन गर्न सकिएन सहमती पनि भएन। एक जना अध्यक्ष पदको लागि दावी गर्ने र प्राय अन्य पदमा दावी गर्ने समेत प्रतिनिधिहरु उपस्थीती नभएको बताए।

विधिगत रुपमा चुनाव हुनको लागि ५१ प्रतिशत प्रतिनिधिहरु आवश्यक पर्छ । ५१ प्रतिशत पनि उपस्थिती नभएपछि निर्वाचन समितिले स्थगित गरेको हो । उद्घाटन सत्रमा ६०० जना जति प्रतिनिधि परिवेक्षक रहेकोमा बन्द सत्रमा अधिकांस अनुपस्थित भए ।

संयोजक थाङदेनले निर्वाचन समितिको अधिकार भन्दा स्थिति बाहिर गएकोले स्थगित प्रक्रियालाई सञ्चालनको लागि केन्द्रीय महासंघलाई जिम्मा दिएको बताए । केन्द्रिय महासंघको निर्णय अनुसार मात्र अब अघि बढ्ने उनले जनाए ।

जेठ १५ गते धरानको सैनिक भवनमा भव्यताका साथ उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३