राजनिती

पत्रकार महासङ्घ सुनसरी शाखा कार्यालयमा युनियनद्वारा तालाबन्दी

नेपाल पत्रकार महासङ्घको सदस्यता नामावलीमा रातारात गैर पत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइए आरोप सहित आन्दोलित सुनसरीमा पनि प्रेस युनियनले आज तालाबन्दी गरेको छ।

प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको युनियनको टोलीले धरान १३ अमरहाट स्थित कार्यालयमा तालाबन्दी गरेको हो ।

सचिव कार्कीका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ २८ गते टुङ्गो लगाइएको अन्तिम नामावलीमा रातारात हेरफेर गर्दै जिल्ला र प्रदेशबाट सिफारिस नै नभएका नाम थप्ने काम भएको छ । उनले भने, ‘त्यसको विरोधमा तालाबन्दी गरिएको हो ।’

पत्रकार महासङ्घको विधान अनुसार सुनसरी जिल्ला शाखाले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै प्रक्रिया विधान मिचेर जारी गरिएको सूची प्रेस युनियन सुनसरी शाखाले नमान्ने उनले बताए ।

उक्त सदस्यताको सूचि सुनसरी जिल्ला शाखाले सिफारिस गरी पठाए अनुसार सुधार नभए सम्म सङ्गठनको विरोध जारी रहने युनियन जिल्ला कोषाध्यक्ष मात्रिका प्रसाद नेपालको भनाई छ ।

तालाबन्दी गर्दै युनियनले कार्यालयको ढोकामा टाँसेको सूचनामा भनिएको छ, ‘नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाद्वारा सिफारिस गरिएको सदस्यहरू पुन कायम नभएसम्मका लागि नेपाल पत्रकार महासङ्घ सुनसरी शाखामा तालाबन्दी गरिएको जानकारी गराउँदछौँ । तालाबन्दीबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति हुनेछ ।’

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३