राजनिती

एमाले सुनसरी अध्यक्षमा निलम खनाल निर्वाचित

नेकपा एमाले सुनसरीको अध्यक्षमा बराहक्षेत्रका निलम खनाल निर्वाचित भएका छन् । बुधवार सम्पन्न अन्तिम परिणाम अनुसार ९६ मतान्तरले खनाल विजयी भएका हुन् ।

खनालले ३ सय ८३ मत ल्याउँदा अर्का उम्मेदवार खेमराज पोखरेलले २ सय ८७ मत पाए ।

उपाध्यक्षमा खनाल टिमका परशुराम यादवले ३ सय ३२ मत ल्याएर विजयी भएका छन् । उनले प्रतिस्पर्धी नन्द बस्नेतलाई जम्मा तीन मतान्तरले पराजित गरे।

यादवले ३ सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए ।

सचिवमा पनि खनाल पक्षकै राम कोइराला विजयी भएका छन् । उनले प्रतिस्पर्धी पदम लिम्बूलाई १ सय १७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । कोइरालाले ३ सय ८७ मत ल्याउँदा लिम्बूले २ सय ७० मत मात्र ल्याए ।

उपसचिव महिलामा इन्द्रकला राई निर्वाचित भएकी छन् । उनले कमला मगरलाई २ सय ४७ मतले पछि पारिन ।

राईले ४ सय ३८ मत ल्याउँदा मगरले १ सय ९१ मत मात्र ल्याइन् । उपसचिवमा देवानन्द मेहतालाई १ सय ८८ मतले पछि पार्दै यामकुमार सुब्बा विजयी भएका छन् ।

सुब्बाले ३ सय ८५ मत ल्याउँदा मेहताले १ सय ९७ मत मात्र ल्याउन सके । निर्वाचित अध्यक्ष तथा पदाधिकारीमा सम्पूर्ण खनाल टिमका उम्मेदवार छन् । खनाललाई स्थायी कमिटी सदस्य शेरधन राई केन्द्रीय सदस्यहरू देखि वर्तमान अध्यक्ष रेवतिरमण भण्डारीले सम्पूर्ण सहयोग गरेका थिए ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३