राजनिती

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा कार्कीले ५७ मत पाए हुन।

मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभाले मत दिएका थिए । कार्की संविधानको धारा १६८(५) अन्तरगत बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा कुल ६२ जना प्रदेशसभा सदस्य उपस्थित थिए । ती मध्ये ५ जना तटस्थ बसेका थिए । नेपाली कांग्रेसका सांसदहरु भने बैठकमा अनुपस्थित थिए ।

मुख्यमन्त्री कार्कीको नियुक्तीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कर्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । उनको रिटमा सर्वोच्चले अन्तरिम आदेश भने दिएन । उनको रिटको पेशी जेठ ९ मा तोकिएको छ । मुद्दा विचाराधिन भएकै बेला विश्वासको मत लिनु उचित नभएको कांग्रेसको भनाई थियो ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३