धरान: धरान–१५ स्थित हिविसकस इङलिस बोडिङ स्कुलका विद्यार्थी तथा अभिभावक गरी करिव १ हजार जनाले निःशुल्क आँखा जाच गराएका छन।
स्कुलले शुक्रवार आयोजना गरेको आखा शिवरमा विद्यार्थीहरु र अभिभावक गरी करिव १ हजार जनाले आँखा जाच गरेका हुन ।
नयाँ भर्ना भएका विद्यार्थीहरुलाई पढनको लागि आखाको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिन र समस्या देखिएमा उपचार गर्न सहज होस भन्ने उदेश्यले शिविरको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।
खुशी अस्पताल धरानको प्राविधिक सहयोगमा भएको सो शिविरमा अभिभावकको समेत आखा जाच गर्ने व्यवस्था मिलाईको निर्देशक राईले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर कार्यक्रमहरुलाई निरन्तरता दिदै लगिने राईको भनाई रहेको छ ।
आगामी दिनमा आखाको मात्र नभएर अन्य विषयको पनि स्वास्थ्य शिविरहरु आयोजना गरीदै जाने वताउनु भयो ।स्कुलका अतिरिक्त क्रीयाकलप कोअर्डिनेटर नयन राईले अभिभावकहरु र बिद्यार्थीहरुको आँखा जस्तो महत्वपूर्ण अङ्गको जाँच गर्ने र स्वस्थ आँखा बनाउन सहयोग पुर्याउनको लागि आँखा शिबिर आयोजना गरिएको बताउनु भयो।