धरान: धरान-१ स्थित धरान मोडल कलेजका विद्यार्थीहरुले छाता चोक स्थित पुनर्स्थापना गृहलाई मङ्गलबार खाद्यान्न सहयोग गरेका छन।
सामाजिक कार्य दिवसको अवसरमा कलेजमा रहेको मोडल क्रीयटिभ ग्रुपको आयोजनामा बि.एस.डब्लु, बि.बि.एस र बि.एड.मा अध्ययन गर्ने बिद्यार्थीहरुले गृहमा पुगेर खाद्यान्न सहयोग गरेको सहायक क्याम्पस प्रमुख बिष्णु खनालले जानकारी दिनुभयो।
बिद्यार्थीहरुले चामल, दाल, नुन, तेल, साबुन र प्राथमिक उपचारको बक्स गृहका संचालक भिम राईलाई हस्तान्तरण गरे। सामाजिक कार्य दिवसको अवसरमा बिद्यार्थीहरुमा सामाजिक भावनाको बिकास गर्ने उदेश्यले गृहलाई खाद्यान्न सहयोग गरेको क्याम्पस प्रमुख प्रबिन राईले बताउनु भयो।
बिद्यार्थीहरुकै सकृयतामा सामाजिक कार्य गर्न पाउँदा खुशी लागेको कृयटिभ ग्रुपका अध्यक्ष आर्यन चापागाईले बताउनु भयो।
बि.एस.डब्लु.का बिद्यार्थीद्वारा बिभिन्न बिषयको प्रस्तुतीकरण बि.एस.डब्लु. दोश्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न बिषयमा प्रस्तुतीकरण गरे। दोश्रो बर्षकी छात्रा कृष्मा काफ्लेले तनाव ब्यबस्थापन बारे आफ्नो प्रस्तुतीकरण दिइन। दोश्रो बर्षकै सिसम श्रेष्ठले कसरी खुशी रहने भन्ने बिषयमा प्रस्तुतीकरण दिइन ।आयुष्मा तामाङ्ले एक बर्षको अवधिमा भएका विभिन्न सामाजिक क्रीयाकलापको अनुभवबारे प्रस्तुतीकरण दिइन।
बि.एस.डब्लु. पहिलो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले समाजमा बिद्यमान सचेतनामुलक नाटक प्रस्तुत गरे।